लक्ष्मी लघुवित्तको सर्वसाधारण सेयर निस्कासन, अधिकतम पाँच हजार कित्ता सम्म अावेदन गर्न पाइने

बिजमाण्डू
२०७१ असार २ गते ००:०० | Jun 16, 2014

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता सर्वसाधारण सेयर निस्कासन गरेको छ । प्रतिकित्ता एक सय रुपैयाँ दरको सेयरका लागि न्युनतम ५० कित्ता देखि अधिकतम पाँच हजार कित्ता सम्म आवेदन गर्न पाइने छ । १० देखि १३ असार बिक्री खुल्ला गर्ने कम्पनीले जनाएको छ ।

निस्कासित मध्ये १५ हजार कित्ता सेयर सामुहिक लगानी कोष र नौ हजार कित्ता कर्मचारीलाई आरक्षित गरिएको छ । बाँकी दुई लाख ७६ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्न पाउँछन् । कम्पनीको हालको चुक्ता पुँजी सात करोड रुपैयाँ छ । सर्वसाधारण सेयर बाँडफाँढ पछि त्यो १० करोड रुपैयाँ पुग्नेछ । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्तले चालु आर्थिक बर्षमा २४ लाख ९० हजार रुपैयाँ मुनाफा कमाउने लक्ष राखेको छ ।
केन्द्रिय कार्यालय महाराजगञ्ज सहित कम्पनीले देशका बिभिन्न भेगमा २४ शाखा खोलि सकेको छ । राष्ट्र बैंकको स्विकृती लिएर देशभर शाखा पुर्याउने कम्पनीको लक्ष छ । लक्ष्मी लघुवित्तका सबै शाखा, उपत्यका स्थित लक्ष्मी बैंकका शाखा, लक्ष्मी क्यापिटल मार्केट पुल्चोक र सेयर निस्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौरमा सेयर आवेदन फारम पाइने छ ।

Tata
GBIME
Nepal Life