सिद्धार्थले ८० करोडको ‘इक्विटी ओरिन्टेड स्किम ल्याउँदै’, पाँच बर्षे अवधि, एक अर्बसम्म बेच्ने

बिजमाण्डू
२०७१ असार २ गते ००:०० | Jun 16, 2014
काठमाडौं। सामूहिक लगानी कोष कम्पनी सिद्धार्थ क्यापिटलले असार ११ गतेसम्म 'सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम' ल्याउने भएको छ। कम्पनीले प्रति इकाइ १० रुपैयाँ दरको स्कीम ल्याउन लागेको हो। कम्पनीले ८० करोड रुपैयाँ बराबरको इकाइहरु निस्कासन गर्न लागेको हो।
कम्पनीको इकाइमा मागभन्दा वढी आवेदन परेमा उसले एक अर्ब रुपैयाँसम्मका इकाइहरु बिक्री गर्ने छ। कम्पनीको स्कीम खरीद गर्न कम्तिमा एक सय इकाइका लागि आवेदन दिनु पर्ने हुन्छ। बढीमा असी लाख इकाइसम्मका लागि आवेदन दिन सकिने छ।
'८० करोड रुपैयाँ बराबरको इकाइ निस्कासन  गर्न लागेका हौं, यसमा १२ करोड रुपैयाँ लगानी कोषको प्रबर्द्धक सिद्धार्थ बैंकले गर्ने छ,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार तिमिल्सिनाले सोमबार बिजमाण्डूसँग भने, '४० करोड रुपैयाँको मात्र इकाइ बिक्री भएपनि हाम्रो स्कीम सञ्चालनमा आउँछ।'
कम्पनीले सम्भवत असार ११ गतेबाट स्किम सञ्चालन गरेर १५ गतेसम्म बिक्री गर्ने छ। 'बजारको अवस्था, सेयरको माग र सामूहिक लगानी कोषप्रतिको विश्वासले हाम्रो स्किम तीन दिनभित्रै पूर्ण रुपमा बिक्री भइसक्ने अवस्था छ,' उनले भने।
यो स्किमको अवधि पाँच बर्षको हुने छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यि इकाइहरु सुचीकरण गरिने छन्। कम्पनीको निस्कासन तथा बिक्री प्रबर्द्धन सिद्धार्थ क्यापिटलका साथै ग्रोमोर मर्चेन्ट बैंकर रहने छ।
कम्पनीले यसअघि सिद्धार्थ लगानी बृद्धि योजना–१ निस्कासन गरेको थियो। प्रति इकाइ १० रुपैयाँका दरको यो स्किमको वैशाससम्म प्रति इकाइ खुद सम्पतिको मूल्य १७ रुपैयाँ २४ पैसा पुगिसकेको छ।
कम्पनीले कुल ८० करोड रुपैयाँबाट पहिलो बर्ष आधा रकम सुचीकृत सेयरमा, २५ प्रतिशत ट्रेडिङ, २० प्रतिशत दीर्घकालिन पुँजीगत लाभमा लगानी गर्ने छ। कम्पनीले पहिलो बर्षदेखि चौथो बर्षसम्म क्रमशः आठ, नौं, १० र ११ प्रतिशतका दरले लाभांस दिने प्रक्षेपण गरेको छ।
 

Tata
GBIME
Nepal Life