स्टकमा उतारचढाव, नेप्से तीन अंक घट्यो, मुनाफा सुरक्षित गर्दै लगानीकर्ता, ६२ कराेडकाे काराेवार



बिजमाण्डू
२०७१ असार ३ गते ००:०० | Jun 17, 2014
स्टकमा उतारचढाव, नेप्से तीन अंक घट्यो, मुनाफा सुरक्षित गर्दै लगानीकर्ता, ६२ कराेडकाे काराेवार
काठमाडौं। मंगलवार सेयर बजारमा तिव्र उतारचढव भएको छ । वाणिज्य बैंकहरुको चुक्तापूँजी वृद्धि हुने र एक बैंकले नेपाल राष्ट्र बैंकमा यस्तो प्रस्ताव नै लगेको खबरले बजार बढेको थियो । तर नेपाल राष्ट्र बैंकले कुनै बैंकले हालसम्म यस्तो प्रस्ताव नपठाएको र आफुले पनि नमागेको मंगलवार विजमाण्डुसंगको कुराकानीमा जानकारी गराएपछि बजार घटेको थियो । 
बजारमा लगानीकर्ताहरु प्रतिफल सुरक्षित गर्न थाले पछि पनि पहिलो सत्रमा १४ अंकसम्म नेप्से घटेको थियो । तर मध्य पछि भने बजार बढ्ने प्रयासमा देखियो । बजारमा तिव्र मोलमोलाई चलेपछि केही लगानीकर्ता मुनाफा सुरक्षित गर्न थाले केही भने होल्ड गर्ने मनस्थितीमा नै रहेका छन ।
बजार बढाउन लगानीकर्ताहरुले नेपाल टेलिकमको सेयर मूल्य बढाउन पनि पछि परेनन् । टेलिकमको सेयर मूल्य १० रुपैयाँसम्म वृद्धि भएको थियो । बजार बन्द हुँदा 
भने पाँच रुपैयाँले मात्र कम्पनीको सेयर मूल्य बढ्यो । टेलिकम बजारमा सूचीकृत कम्पनी मध्ये धेरै कित्ता सेयर हुने कम्पनीमा पर्दछ । कम्पनीको सेयर मूल्यमा हुने तीन रुपैयाँको फरकले पनि नेप्सेलाई एक अंक परिवर्तन हुन्छ । । टेलिकमले आगामी साधारण सभामा ४६ प्रतिशत नगद लाभाँशको प्रस्ताव लैजादै छ तर कम्पनीले जेठ ३० गते बुक क्लोज गरेको छ । 

बैंकिङ समूह घटेको फाइदा बीमाका लगानीकर्ताले पाए । बीमा समूहको परिसूचक यस दिन करिब ५० अंकसम्म बढेको थियो । तर बजार बन्द हुँदा भने यस्तो वृद्धि ११ अंकमा सिमित भयो । स्ट्याण्डर्ड चार्टर्ड सहित यसदिन १० वाणिज्य बैंकको मूल्य घटेको छ । सात वाणिज्य बैंकको भने मूल्य बढेको छ । नेप्से परिसूचक भने यस दिन ३.३६ अंकले घट्यो । यस दिन ६२ करोड रुपैयाँको कारोबार भएको छ । 

Tata
GBIME
Nepal Life

अपडेटः कारोबार खुलेको एक घण्टा १८ मिनेटमा पुनः बढ्यो बजार, पहिलो सत्रमा नेप्से १४ अंक घटेथ्यो

  • तिव्र उतारचढावमा देखिएको नेप्से साइडवेज मुभमेन्टमा जाने सम्भावना, नेप्से अहिले ०.३६ अंकले घटेर नौं सय ३८ मा  
  • बैंकिङ सुचक नै करिब दुई अंकले सुधार, नेप्से चार अंकको सुधार
  • कारोबार खुलेको एक घण्टा १८ मिनेटमा पुनः बढ्यो बजार
  • नेप्से अघिल्लो दिनको बन्द बिन्दुमा, बजार खुले देखि घटेको परिसूचक पूर्ण रिट्रेस हुन सफल
  • ९१५ देखि ९१८ को प्रतिरोध पार गरेको नेप्सेले आगामी दिनमा भने ९७० मा दरिलो प्रतिरोध पाउँने सम्भावना रहेको छ । 
  • बीमा परिसूचकमा ३० अंकको सुधार , बैंकिङको सुस्तिदर घटेपछि बजार पुन: उकालो लाग्ने प्रयासमा
  • १४ अंकले घटेको बजारमा सुधार देखिएपछि सुस्तिदर ४.५ मा सिमित 
  • स्ट्याण्डर्ड चार्टर्डको मूल्य घट्ने क्रममा सुधार,पाँच प्रतिशत ओरालो
  • नौं सय २४ सम्म पुगेको नेप्से बढ्ने प्रयासमा
  • स्टक ब्रोकर्स एशोसिएशनका पुर्व अध्यक्ष अन्जनराज पौड्याल भन्छन, असारको मध्य तीर हरेक बर्ष बजारमा बिक्री चाप बढ्छ नै, यसपटक नदेखिने सम्भावना थियो तर अहिले होला जस्तो छ । 
  • अहिले कम्पनीहरुको सेयर मूल्य निकै बढेकोले पनि केही लगानीकर्ता प्रफिट बुकिङमा लागेको उनी बताउँछन । 
  • बजार खुलेको पहिलो सत्रमा नेप्से परिसूचक १० अंकले घटेर ९२९ मा आइपुगेको छ ।  
  • बैंकिङ समूहको परिसूचक १५ अंक बढिले तल ओर्लिएको छ । 
  • स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, ग्लोवल आइएमइ, कृषि बिकास, नेपाल एसबीआई लगायतका कम्पनीको सेयर मूल्य घट्यो । 
  • स्ट्याण्डर्ड चार्टर्डको ७.२३ प्रतिशत, प्राइमको ४.७६ प्रतिशतले घट्यो ।