अछाममा बन्ने २० मेगावाटको परियोजनाका लागि साउदी फण्डबाट तीन अर्ब, बुधवार ऋण सम्झौता



बिजमाण्डू
२०७१ असार ३ गते ००:०० | Jun 17, 2014
अछाममा बन्ने २० मेगावाटको परियोजनाका लागि साउदी फण्डबाट तीन अर्ब, बुधवार ऋण सम्झौता

काठमाडौं । साउदी विकास कोषले बुढिगंगा जलविद्युत आयोजनाका लागि तीन करोड डलर (झण्डै तीन अर्ब रुपैयाँ) ऋण प्रदान गर्ने भएको छ । अछाममा रहेको २० मेगावाट क्षमताको यो परियोजनाका लागि प्रदान गरिने ऋणका विषयमा सम्झौत गर्न साउदी फण्डको एउटा टोली काठमाडौं समेत आएको छ ।
ऋण सम्झौताका विषयमा नेपाल सरकार र साउदी फण्डवीच बुधवा सम्झौता हुने कार्यक्रम छ । सम्झौताका लागि साउदी फण्डका उपाध्यक्ष तथा प्रवन्ध निर्देशक इन्जिनियर युसेफ इब्राहिम अल्बासम काठमाडौं आएका छन् ।
बुधवार अल्बासम र अर्थमन्त्रालयका सचिव युवराज भुषालवीच ऋण सम्झौता हुने कार्यक्रम छ । साउदी फण्डबाट प्राप्त रकमबाट सिभिल ट्रान्समिशन लाइन, इलेक्ट्रोमेकानिकल र परामर्शका लागि खर्च गरिने बुढीगंगा जलविद्युत आयोजनाले जानकारी दिएको छ ।
परियोजनाका लागि लगानी जुटाउन कुवेत फण्ड, अरब इकोनोमिक डेभलपमेन्ट र नेपाल सरकारवीच २५ मार्च २०१३ मा सम्झौता भएको थियो । कुवेतले परियोजनाका लागि ५० लाख कुवेती दिनार अर्थात एक करोड ७६ लाख डलर ऋण प्रदान गर्ने सम्झौता भएको छ । परियोजनाका लागि झण्डै साढे पाँच अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ ।
परियोजनाका लागि साउदी फण्डले दिएको कर्जाको भुक्तानी अवधि २६ वर्ष छ । परियोजनाक लागि छ वर्षको ग्रेस समय समेत दिइएको छ । यो ऋण वार्षिक दुई प्रतिशत व्याजमा प्राप्त भएको हो ।
अब साउदी फण्डसँगको सम्झौापछि परियोजना विकासको कार्यक्रम अघि बढेको छ । दश मेगावाट क्षमताका दुई वटा टबाईन राखिने बुढिगंगा रन अफ रिभर परियोजना हो । परियोजनाको पावर हाउस अछाम हात्तिकोट गाविसको थापागाउँमा रहनेछ । यो अछाम सदरमुकाम साँफेबगरबाट पाँच किलोमिटरको दूरी हो । परियोजनाको ड्याम बाब्ला र कुसकोट गाविसको बुढाबगरमा रहनेछ ।
ड्यामबाट साढे पाँच किलोमिटरको टनेलबाट पानी खसाएर उत्पादन गरिने विद्युत १३२ केभिको ८८ किलोमिटर लामो ट्रान्समिशन लाइनबाट लक्मीको स्टेशनमा जडान गरिनेछ । सरकारले चालु आर्थिक वर्षमा परियोजनाका लागि १३ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यो परियोजनाको डेढ वर्षमा विस्तृत इन्जिनियरिङ गर्ने र अर्को साढे तीन वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ ।

Tata
GBIME
Nepal Life