माछापुच्छ्रे र स्टेन्डर्ड एक हुँदै, स्टेण्डर्डका प्रमुख माछापुच्छ्रेमा नायव महाप्रवन्धक

बिजमाण्डू
२०६९ असार १९ गते ००:०० | Jul 3, 2012
माछापुच्छ्रे र स्टेन्डर्ड एक हुँदै,  स्टेण्डर्डका प्रमुख माछापुच्छ्रेमा नायव महाप्रवन्धक

काठमाडौं । माछापुच्छ्रे बैक र स्टेन्डर्ड फाइनान्स गाभिर मंगलबारबाट संयुक्त कारोबार गर्ने भएका छन् । मर्जरपछि पनि माछापुच्छ्रे बैंक नै रहने नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ । नयाँ बैंकमा अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र महाप्रबन्धक माछापुच्छ्रे बैंकबाटै रहने छन् । स्टेन्डर्डका प्रमुख कार्यकारी अधिकृतलाई नायव महाप्रबन्धकको जिम्मेबारी दिइएको छ । माछापुच्छ्रेका अध्यक्ष सुर्यवहादुर केसी हुन् । प्रमुख कार्यकारी अधिकृतमा भाइकाजी श्रेष्ठ छन् । स्टेन्डर्डका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भन्डारी नायव महाप्रबन्धक हुने छन् । मर्जर गराउन भन्डारीले कार्यकारी भूमिका खेलेका थिए । नारायणी फाइनान्स र नेशनल फाइनान्स मर्ज गराएपछि स्टेन्डर्ड फाइनान्सले मर्जरका लागि नै भन्डारीलाई नियुक्त गरेको थियोे । स्टेन्डर्ड फाइनान्समा गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको वहुमत सेयर छ । महतोका तर्फबाट उनका भाइ विरेन्द्र महतो लगायत तीन जना स्टे्न्डर्ड फाइनान्समा सञ्चालक छन् ।माछापुच्छ्रेमा मिसिएपछि स्टेन्डर्ड फाइनान्स समुहले दुई वटा सञ्चालक पाउने छ । स्टेन्डर्ड फाइनान्स माछापुच्छेसँग एक सय रुपैयाँको सेयर ८५ रुपैयाँ मूल्यांकन गरी मर्ज भएको हो । मर्जरमा जानका लागि दुवै संस्थाविच गत मंसिरम सम्झौता भएको थियो ।

Tata
GBIME
Nepal Life