एक बर्षपछि पाथीभरा बिकासको कारोबार खुल्यो, मर्जर प्रक्रिया अवरुद्ध, पछिल्लो मूल्य ९३ रुपैयाँ



बिजमाण्डू
२०७१ असार ५ गते ००:०० | Jun 19, 2014
काठमाडौं । करिब एक बर्ष पछि पाथीभरा बिकास बैंकको सेयर कारोबार खुला भएको छ । गत बर्ष असार २४ गते अन्तिम पटक कारोबार भएको बैंकको सेयर विहीवारबाट खुलेको छ । एक बर्ष अघि सृजना फाइनान्ससंग 
मर्जर प्रक्रिया सुरु गरेपछि बैंकको सेयर कारोबार रोक्का गरिएको थियो । तर मर्जर प्रक्रिया सफल नभएपछि कारोबार खोलिएको हो । बैंकको अन्तिम पटक कारोबार ९३ रुपैयाँमा प्रतिसेयर कारोबार भएको थियो । 
यसस्रगै, सृजना फाइनान्सको पनि सेयर कारोबार खुल्ने छ । कम्पनीको भने अन्तिम पटक बैसाख २५ मा सेयर कारोबार भएको थियो । कम्पनीको सेयर मूल्य ८४ रुपेयाँ रहेको छ । 
चालु आवको तेस्रो त्रैमाशमा पाथीभरा बिकास बैंक दुई करोड २५ लाख नाफामा छ । बैंकको यो अवधिमा निक्ष्ोप एक अर्ब ४१ करोड र कर्जा लगानी ९८ करोड ९४ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (बार्षिक) २६.२५  छ । त्यस्तै, गत आवको पहिलो त्रैमाशको वित्तिय विवरण अनुसार नौं लाख ८४ हजार रुपैयाँ नाफा रहेको छ । त्यसयताको वित्तीय विवरण भने उपलब्ध हुन सकेन । 

Tata
GBIME
Nepal Life