एनएमबी क्यापिटलले पायो एएमसी थ्री रेटिङ, ६० करोड रुपैयाँको सुलभ ग्रोथ स्किम ल्याउने तयारी

बिजमाण्डू
२०७१ असार ६ गते ००:०० | Jun 20, 2014
काठमाडौं। एनएमबी क्यापिटल लिमिटेडले इक्रा नेपालबाट एएमसी थ्री रेटिङ पाएको छ । यस कम्पनीको व्यस्थापन पक्ष पर्याप्त रुपमा आश्वस्त हुन सकिने किसिमको रहेको इक्राले उल्लेख गरेको छ । कम्पनीले ६० करोड रुपैयाँको कोष रहने गरि सुलभ ग्रोथ स्किम ल्याउँदै छ । क्यापिटलको प्रवद्र्धक बैंक एनएमबी बैंकले हालै इक्रा नेपालबाट बीबीबी रेटिङ पाएको थियो । 
‘एसएमसी वान’ ले कम्पनीको व्यवस्थापन पक्ष सबैभन्दा राम्रो अर्थात उच्चत्तम रुपमा आश्वास्त हुन सकिने किसिमको रहेको संकेत गर्दछ । त्यस्तै, ‘एसएमसी टु’ ले उच्च रुपमा आश्वास्त हुन सकिने, ‘एसएमसी थ्री’ ले पर्याप्त तवरले आश्वास्त हुन सकिने, ‘एसएमसी फोर’ ले आश्वस्त हुन अपर्याप्त र ‘एसएमसी फाइभ’ ले आश्वस्त हुन नसकिने  जनाउदछ ।  
हालसम्म करिब दुई सय ५० निष्कासनको व्यवस्थापन गरेको एनएमबी क्यापिटलको प्रवद्र्धकमा ‘क’ वर्गको स्थापित बैंक हुनु पनि सबल पक्ष रहेको विवरणमा उल्लेख छ । कोष व्यवस्थापनको लागि विकास गरिएको प्रणाली र प्रक्रियाहरु सन्तोषजनक रहेको, अनुभवी व्यवस्थापक तथा सुपरिवेक्षक हुनु पनि सकारात्मक पक्ष रहेको स्पष्ट पारिएको छ । लाभांश बढाउदै लैजाने र वितरण गर्ने उदेश्य रहेको कम्पनीले ल्याउन लागेको योजनाको खुद सम्पत्ती मूल्यको वृद्धिदर राम्रै रहने छ । यसले कम्पनीको लगानी रणनीति राम्रो रहेको छ, इक्रा नेपालको विवरणमा छ । गत आर्थिक बर्षमा ३४ करोडको सम्पत्ती आधारमा कम्पनीले ६० लाख नाफा कमाएको थियो । 
यसअघि एनआइबीएल क्यापिटल र सिद्धार्थ क्यापिट दुवैले एएमसी थ्री रेटिङ नै पाएका थिए । एनआइबीएलले ८० करोड रुपैयाँको कोष रहने गरि ‘एनआइबीएल सम्वृद्धि योजना १’ ल्याउने भएको छ । त्यस्तै, सिद्धार्थ क्यापिटलले ८० करोड रुपैयाँको दोस्रो योजना पनि ल्याउदैछ । कम्पनीले सिद्धार्थ इक्विटी ओरियण्टेड स्किम यही असार १० गतेबाट ल्याउन लागेको हो । 
 
 
 
 
 
 
 
 

Tata
GBIME
Nepal Life