वागेश्वरी र साङग्रिला असार २९ बाट एकिकृत कारोबार गर्दै, डेढ बर्षपछि स्वीकृति, पुँजी ६४ करोड



बिजमाण्डू
२०७१ असार १७ गते ००:०० | Jul 1, 2014
काठमाडौं। क्षेत्रीयस्तरका दुई विकास बैंक असार २९ गतेबाट गाभिएर एकिकृत कारोबार गर्ने भएका छन्। २०६९ फागुनमै गाभिने औपचारिक सम्झौता गरेपनि यिनीहरुले राष्ट्र बैंकबाट स्वीकृति पाउन सकेका थिएनन्।
राष्ट्र बैंकले केही दिनअघि मात्र स्वीकृति दिएपछि  एकिकृत कारोबार गर्ने दिन निश्चित गरेका हुन्।
नेपालगञ्जको वागेश्वरी डेभलमेन्ट बैंक र पोखराको साङग्रिला विकास बैंक राष्ट्रियस्तरको विकास बैंक बन्ने भएका हुन्। सम्झौता गर्दा साङग्रिलाको चुक्ता पुँजी ३२ करोड रुपैयाँ थियो। वागेश्वरीको भने २६ करोड ७९ लाख रुपैयाँ मात्र थियो। वागेश्वरीले जग्गा विक्री गरेर आएको रकमलाई चुक्ता पुँजीमा गणना गरेर ३२ करोड पुर्‍याउने योजना बनाएको थियो। मर्जरपछि भने नयाँ बैंकको पुँजी ६४ करोड रुपैयाँ पुग्ने छ।
मर्जरपछि अहिले केन्द्रीय कार्यालय रहेको भवनलाई क्षेत्रीय कार्यालयका रुपमा सञ्चालन गरिने छ। मर्जरपछि कर्पोरेट तथा केन्द्रिय कार्यालय काठमाण्डौमै सञ्चालनमा ल्याउने बैंकको योजना छ। 
बैंकले भएका कर्मचारीलाई कटौती नगरी व्यवस्थापन गर्ने योजना बनाएको छ। दुवै बैंकमा अहिले २ सय ८५ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन्। दुवै बैंकबाट १ लाख ग्राहकले सेवा लिइरहेका छन्। बैंकले मर्जर अगाडि वढाउन साङग्रिलाबट विश्वास गौचनलाई संयोजक तोकेको थियो भने सचिवमा वागेश्वरीमा प्रमुख कार्यकारी राजेन्द्र पौडेल थिए। 
 

Tata
GBIME
Nepal Life