सुदर्शन सापकाेटा/बिजमाण्डू
काठमाडौं। केही समयअघि सेन्चुरी कमर्सियल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठले विदेशी रणनीति साझेदार ल्याउने भनेर सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता नै दिए। उनले साझेदार त ल्याउन सकेनन् बरु बर्षको सवा करोड तलब सुविधा भएको जागिरबाट अवकास भए।
काठमाडौं। केही समयअघि सेन्चुरी कमर्सियल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठले विदेशी रणनीति साझेदार ल्याउने भनेर सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता नै दिए। उनले साझेदार त ल्याउन सकेनन् बरु बर्षको सवा करोड तलब सुविधा भएको जागिरबाट अवकास भए।
आफ्नो बैंकलाई सुदृढ तुल्याउन रणनीतिक साझेदार खोज्नु राम्रो कुरा हो, तर हामीसँग त्यस बारेमा बैंकहरुले कुनै पनि किसिमको प्रपोजल ल्याएका छैनन्।
….
….
अहिले पनि यस्ता हल्लाहरु सेलाएका छैनन्, बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आगामी योजना के छन् भनेर प्रश्न गर्दा उनीहरुको उत्तर प्राय एउटै आउँछ, 'विदेशी रणनीतिक साझेदार भित्राउन छलफल भइरहेको छ।'
कतिपयले प्रयास गर्दा पनि भित्राउन सकेका छैनन् भने कतिले 'मिठास' का लागि रणनीतिक साझेदार भित्राउने कुरा गर्ने गरेका छन्। बैंक अफ एसिया नेपालसँग मर्जर गर्नुअघि तत्कालिन एनआइसी बैंकले रणनीति साझेदार भित्राउन पहल गरेको थियो, तर उ सफल हुन सकेन। सनराइज बैंकले पनि केही विदेशी बैंकहरुसँग औपचारिक/अनौपचारिक कुराकानी नै अगाडि वढाएको थियो।
अहिले पनि माछापुच्छ्रे बैंकले भारतीय आइसिआइसिआइ बैंक भित्राउने सार्वजनिक गरेको छ। यस बाहेक सिटिजन्स् बैंक इन्टरनेशनल, ग्लोबल आइएमइ, प्राइमलगायतका बैंकहरुले पनि रणनीतिक साझेदार भित्राउने आफ्ना योजना सञ्चार माध्यममार्फत सार्वजनिक गरेका छन्।
साँच्चै रणनीतिक साझेदार भित्राउन नेपाली बैंकहरुले गम्भिर रुपमै सोचोका हुन् त? राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवाली भन्छन्, 'आफ्नो बैंकलाई सुदृढ तुल्याउन रणनीतिक साझेदार खोज्नु राम्रो कुरा हो, तर हामीसँग त्यस बारेमा बैंकहरुले कुनै पनि किसिमको प्रपोजल ल्याएका छैनन्।' उनले पुँजी कोष बलियो बनाउँदै ठूला आयोजनाहरुमा हात हाल्न रणनीतिक साझेदार आउँदा भने फाइदै हुने बताए।
राष्ट्र बैंककै केही अधिकारीहरु भने रणनीतिक साझेदार बैंकहरुले मिठासका लागि प्रयोग गर्ने शब्द मात्र भएको बताउँछन्।
साझेदारी भन्ने वित्तिकै बाहिरका बैंकहरुले आफ्नो सम्पूर्ण नियन्त्रण रहने गरी ५१ प्रतिशत सेयर माग्छन्, राम्रोसँग चलेका बैंकहरुले ५१ प्रतिशत सेयर दिएर भित्राउने अवस्था यहाँ छैन। कमजोर बैंकमा साझेदार अाउँदैनन् राम्रा बैंकले आफ्नो सेयर जिम्मा लगाएर भित्राउन नचाहने भएकाले रणनीतिक साझेदारको कुरा 'वास्तविक' हाेइन ।
…..
…..
'कसैलाई जागिर जोगाउनु पर्ने हुन्छ, कसैलाई सेयरको मूल्य बढाउनु पर्ने हुन्छ,' राष्ट्र बैंकका ती अधिकारीले भने, 'कसैलाई भने नियामक निकायलगायतलाई सन्देश दिनु पर्ने हुन्छ, त्यही भएर रणनीतिक साझेदारको कुरा आउने गरेको हो।'
बैंकरहरु पनि नेपाली बैंकहरुसँग साझेदारी गर्दै विदेशी बैंक आउने कुरामा आशावादी देखिँदैनन्। 'साझेदारी भन्ने वित्तिकै बाहिरका बैंकहरुले आफ्नो सम्पूर्ण नियन्त्रण रहने गरी ५१ प्रतिशत सेयर माग्छन्,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'राम्रोसँग चलेका बैंकहरुले ५१ प्रतिशत सेयर दिएर भित्राउने अवस्था यहाँ छैन।' उनले कमजोर बैंकमा साझेदार नआउने दावी गर्दै राम्रा बैंकले आफ्नो सेयर जिम्मा लगाएर भित्राउन नचाहने भएकाले रणनीतिक साझेदारको कुरा 'वास्तविक' नहुने बताए।
बैंकरहरु पनि नेपाली बैंकहरुसँग साझेदारी गर्दै विदेशी बैंक आउने कुरामा आशावादी देखिँदैनन्। 'साझेदारी भन्ने वित्तिकै बाहिरका बैंकहरुले आफ्नो सम्पूर्ण नियन्त्रण रहने गरी ५१ प्रतिशत सेयर माग्छन्,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'राम्रोसँग चलेका बैंकहरुले ५१ प्रतिशत सेयर दिएर भित्राउने अवस्था यहाँ छैन।' उनले कमजोर बैंकमा साझेदार नआउने दावी गर्दै राम्रा बैंकले आफ्नो सेयर जिम्मा लगाएर भित्राउन नचाहने भएकाले रणनीतिक साझेदारको कुरा 'वास्तविक' नहुने बताए।
राष्ट्र बैंकका अधिकारीहरु पनि ५१ प्रतिशत सेयर बुझाएर भित्रिने रणनीतिक साझेदारबाट त्यति ठूलो फाइदा नहुने बताउँछन्। 'हो, उनीहरु आउँदा पुँजी, प्रविधि, दक्ष जनशक्ति भित्रिन्छ, तर उनीहरु नाफा गर्नैका लागि यहाँ आउने भएकाले ठूलो आम्दानी बाहिर लिएर जान्छन्,' राष्ट्र बैंकका ती अधिकारीले भने, 'सानोतिनो सेयर लिएर उनीहरु आउँदैनन्, त्यही भएर रणनीतिक साझेदरा भित्राउने कुरा मिठासका लागि मात्र बैंकहरुले प्रयोग गरेका हुन्।'
बैंकर अनिल शाह नेपालमा रणनीतिक साझेदार भित्रँदै भित्रँदैनन् भन्नु पनि गलत भएको भन्दै कुनै संस्था भित्रिहाले त्यसलाई 'गुगल' नै गरेर खोज्नु पर्ने बताउँछन्। 'भित्रँदै भित्रँदैनन् भन्ने त होइन, तर त्यस्ता भित्रिन्छन् जसलाई गुगल नै गरेर खोज्नु पर्ने हुन्छ,' उनले भने, 'नाम चलेका बैंकहरु नेपालमा आउने सम्भावना निकै नै न्यून छ।'
राष्ट्र बैंकका अधिकारीहरु पनि शाहको तर्कसँग सहमत छन्। उनीहरुका अनुसार, नेपालमा जोखिम अधिक भएकाले सानो व्यवसायका लागि ठूलो मूल्य चुकाएर विदेशी बैंक आउने सम्भावना कम छ। 'बरु भारतीय बैंकहरुले नेपालको जोखिम हेरेका कारण आकर्षित हुन सक्लान्,' ती अधिकारीले भने, 'भारतको वढ्दो प्रभावका कारण चीनीयाँ बैंक रणनीतिक हिसावले आउन सक्ला, तर अन्य बैंक आउँछन् भन्ने कुरामा विश्वास गर्न सकिन्न।'
उनले केही बैंकहरुले चाहेमा भने विदेशी साझेदार ल्याउन सक्ने बताए। तर ५१ प्रतिशत सेयर दिन यहाँका ठूला बैंक तयार नहुने भएकाले त्यो पनि सजिलो नभएको उनको तर्क छ। 'पक्का पनि रेमिटेन्सको प्रभावका कारण ग्लोबल आइएमइ बैंकको राम्रै एक्सपोजर छ, यस बाहेक नबिल, नेपाल इन्भेष्टमेन्ट बैंकलाई विदेशीले पत्याउन सक्लान्,' उनले भने, 'तर यि बैंकहरु पनि ५१ प्रतिशत दिन तयार हुनु पर्यो। त्यही भएर रणनीतिक साझेदार भित्राउने कुरालाई कमै विश्वास गर्न सकिन्छ।' उनले भनेजस्तै ग्लोबल आइएमइ बाहेक नबिल र नेपाल इनभेष्टमेन्टले विदेशी रणनीतिक साझेदारको कुरा गरेका छैनन्।











