एनडेप डेभलपमेन्टको कारोबार खुल्यो, मर्जर रद्द भएपछि कारोबार खोल्न राष्ट्र बैंकको निर्देशन



बिजमाण्डू
२०७१ असार १९ गते ००:०० | Jul 3, 2014
काठमाडौं। एनडेप डेभलपमेन्ट बैंकको विहीवारबाट कारोबार खोल्न नेप्सेलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । एनडेप र यति बिकास बैंक बीचको मर्जर प्रक्रिया रोकिएकोले कारोबार खोल्न निर्देशन दिएको  राष्ट्र बैंकले बताएको छ । ‘यी कम्पनीहरु मर्जरमा नगएपछि यो प्रक्रिया रद्द भएकोले सेयर कारोबार खोल्न भनेका हौं, ’ राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवालीले विजमाण्डुलाई बताए । 
यति बिकास बैंकको भने जेठ १२ गते नै सेयर कारोबार खोल्न नेपाल राष्ट्र बैंकले नेप्सेलाई निर्देशन दिएको थियो । एनडेपसंग मर्जरमा जानु अघिपनि यति फाइनान्स, मनकामना बिकास बैंक र भ्याली फाइनान्स एक आपसमा मर्जरमा भएर यति बिकास बैंक बनेको थियो । लामो समयसम्म सेयर कारोबार रोक्का भएको भन्दै यसअघि राष्ट्र बैंकले यतिको कारोबार खोल्न भनेको थियो । त्यस्तै, यसअघि नै यति बिकास बैंक र एनडेपसंगै मर्जरमा जाने सहमति गरेको प्रोग्रसिभ फाइनानसको पनि सेयर कारेबार खुलेको थियो । मर्जर प्रक्रिया रोकेपछि  गत बैसाख आठ गते नै कम्पनीको कारोबार खुलेको थियो ।  

Tata
GBIME
Nepal Life