अपूर्वाले भक्तपुरमा सुरु गर्यो रंगकाे मल्टिब्राण्ड शोरुम, प्रतिष्ठित सबै ब्राण्ड एउटै छानामुन

बिजमाण्डू
२०७१ असार २० गते ००:०० | Jul 4, 2014
अपूर्वाले भक्तपुरमा सुरु गर्यो रंगकाे मल्टिब्राण्ड शोरुम, प्रतिष्ठित सबै ब्राण्ड एउटै छानामुन
कठमाडौं । अपुर्वा इन्टरनेशनलले नेपालको अत्याधुनिक मल्टिब्राण्ड पेन्ट तथा युपिभिसि रुफिङ सिट शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले भक्तपुरको गठ्ठाघरमा यो शोरुम सञ्चालनमा ल्याएको हो ।
कम्पनीको शोरुमको बिहिवार उदघाटन अपूर्वा इण्डिया लिमिटेड मुम्बईका प्रवन्ध निर्देशक एक काटेले हिमानी गुप्ताले संयुक्त रुपमा गरेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।
अपूर्वा इन्टरनेशनलका प्रवन्ध निर्देशक राजु गुप्ताले खुल्ला वातावरण र पार्किङको सुविधासहित एउटै छाना मुनि सबै प्रतिष्ठित ब्राण्ड शुलभ रुपमा उपलब्ध हुने जानकारी दिए । यो शोरुममा एशियन पेन्टस्, कन्साइ नेरोलेक पेन्ट, पशुपति पेन्ट, बर्जर लुइस पेन्ट र ड्युलक्स पेन्टस उपलब्ध हुनेछ । 
कम्पनीले त्यसैगरी अन्य विभीन्न ब्राण्डका गुणस्तरीय पेन्टस् समाग्री पनि उपलब्ध हुने जानकारी दिएको छ । ज्योतिकुमारी शाहको अध्यक्षता रहेको कम्पनीको टेकुमा पनि पेन्ट शोरुम रहेको छ । 
 

Tata
GBIME
Nepal Life