सर्वेक्षणले देखायो तोसिवा टिभीलाई नम्बर एक व्राण्ड, नयाँ र उपयोगी प्रविधि मुख्य कारण

बिजमाण्डू
२०७१ असार २२ गते ००:०० | Jul 6, 2014
सर्वेक्षणले देखायो तोसिवा टिभीलाई नम्बर एक व्राण्ड, नयाँ र उपयोगी प्रविधि मुख्य कारण


काठमाडौं । इन्डिया टुडेले गरेको एमआरडीए सर्वेक्षण अनुसार तोसिवा टेलिभिजन एक नम्बर ब्राण्ड ठहरिएको छ ।
गत मे १२ मा प्रकाशित समाचार अनुसार तोसिवाले आफ्नो गुणस्तरीयता, लगानीको पुरा सन्तुष्टी, खपत क्षमता, प्रयोग गर्न सजिलो र अन्य विशेषताले गर्दा तोसिवा अन्य टिभीहरु भन्दा भिन्न र लोकप्रिय रहेको जनाएको छ ।
तोसिवा टिभीनै सर्वोत्कृष्ट टिभी हुनुमा यसले निरन्तर नयाँ नयाँ तथा उपयोगी प्रविधि नै मुख्य कारण मानिएको कुरा इन्डिया टुडेले जनाएको छ । तोसिवा टेलिभीजन उद्योगमा प्रविधि सम्वन्धी मापदण्ड लागु गराउन सक्षम टिभी हो ।
भारतमा मात्र दशलाख टिभी विक्री गरेको तोसिवा, स्वतन्त्र उपभोक्ता सर्वेले प्रदान गरिने सर्वोत्कृष्ट टिभीबाट सम्मानित भइसकेको छ । उत्कृष्ट दृष्य गुणस्तरले तोसिवाले यो उपलव्धि हासिल गरेको जनाएको छ ।

Tata
GBIME
Nepal Life