छ वटा बाणिज्य बैंकले चुक्ता पुँजी पुर्‍याउन बाँकी, ४० विकास बैंक र फाइनान्सलाई पनि दवाव

बिजमाण्डू
२०७१ असार २३ गते ००:०० | Jul 7, 2014
छ वटा बाणिज्य बैंकले चुक्ता पुँजी पुर्‍याउन बाँकी, ४० विकास बैंक र फाइनान्सलाई पनि दवाव
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षभित्रै तोकिएको चुक्ता पुँजी पुर्‍याउनु पर्ने ब्यवस्था गरेपछि छ वटा वाणिज्य बैंक र करिव ४० वटा विकास बैंक तथा फाइनान्स कम्पनीहरुले बोनस र हकप्रद सेयर जारी गर्नु पर्ने भएको छ।
राष्ट्र बैंकको नीति अनुसार वाणिज्य बैंकहरुले दुई अर्ब, राष्ट्रियस्तरका विकास बैंकले ६४ करोड, फाइनान्स कम्पनीले २० करोड र क्षेत्रीयस्तरका विकास बैंकले १० करोड चुक्ता पुँजी पुर्‍याउनु पर्छ। 

यि संस्थासँग नाफाबाट वोनस सेयर जारी गर्ने वा सेयरधनीसँग हकप्रद सेयर जारी गरेर पैसा उठाउनु पर्ने विकल्प छ। यसबीचमा कतिपयले मर्जरमा गएर पनि पुँजी बृद्धि गरेका छन् भने कतिपय मर्जरको प्रकृयामा रहेका छन्।
राष्ट्र बैंकले यसअघि जगेडा तथा अन्य पुँजी कोषसमेत गणना गर्दा तोकिएको चुक्ता पुँजी बराबरको रकम पुगे हुने ब्यवस्था गरेको थियो। पुरानो नीतिलाई पुनरावलोकन गर्दै राष्ट्र बैंकले चुक्ता पुँजी बराबरको रकम प्रवर्द्धक/लगानीकर्ताबाटै जुटाउनु पर्ने ब्यवस्था गरेको छ। यो ब्यवस्थासँगै बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी पुर्‍याउनु पर्ने भएको हो। 
अहिले छ वटा वाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुगेको छैन।  बैंक अफ काठमाण्डू (बिओके) मर्जरमा गएका कारण प्रकृयामा छ भने स्ट्यान्डर्ड चार्टर्डलेे यसै बर्ष नाफाबाट पुँजी बढाइसकेको छ। एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक, सिद्धार्थ बैंकले चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुगेको छैन। 
विकास बैंक र फाइनान्स कम्पनीले गत आर्थिक बर्ष नै तोकिएको पुँजी पुर्‍याउनु पर्ने व्यवस्था गरेपनि त्यो पुरा नगरेपछि एक बर्ष समय थप गरिएको छ। थपिएको समयमा ४० वटा विकास बैंक र फाइनान्स कम्पनीले पुँजी बढाइ सक्नु पर्छ। 
अधिकांस विकास बैंक र फाइनान्स कम्पनीलाई एक बर्षमा तोकिएको पुँजी पुर्‍याउन नाफाबाट मात्र संभव छैन। यि संस्थाले हकप्रद सेयर पनि जारी गर्नु पर्ने हुन्छ। लगानीकर्ताको आकर्षण हकप्रद सेयरमा नभएकाले अधिकांस संस्थासँग मर्जरको प्रकृयामा समेट छन्। 
 

Tata
GBIME
Nepal Life