काठमाडौं। नेप्सेले मंगलवार पुनः नया रेकर्ड बनाएको छ । बिहान करिब १४ मिनेटमै एक हजारको तह पार गरेको नेप्से बजार बन्द हँदा एक हजार १४ बिन्दुमा आइपुगेको छ । लगानीकर्ताको मनोबलमा भएको वृद्धि र पर्याप्त तरलता उपलब्धताले बजारलाई नया उचाईमा डोर्याइरहेको छ । गत आइतवार देखि लगातार बढेको नेप्सेले तीन दिनमै ३९.८७ अंक जोडेपछि यो नया उचाई भेटेको हो । नेप्से यसअघि २०६५ भदौं २६ गते एक हजार २८ बिन्दुमा रहेको थियो । नेप्से हाल आइपुगेको स्थान त्यसयताकै उच्च हो ।
त्यो समय भदौं १५ मा भने नेप्से हालसम्मकै उच्च बिन्दु एक हजार एक सय ७५ मा थियो । तर नेप्से एक हजार एक सय ७५ को तह पुग्नु अघि भने एक हजार ५० देखि ७१ को बीचमा साना साना प्रतिरोध पाउन सक्छ । तर यसबीच आउने एक हजार ६४ को प्रतिरोध भने केही दरिलो छ । त्यो समय नेप्से २०६४ साल पुष दुई गते एकपटक एक हजार ६४ मा पुगेर सोही बर्षको चैतमा सात सयको तहसम्म ओर्लिएको थियो ।
कारोबारको पहिलो सत्रमा होटेल र जलविद्युत् समूहले नेतृत्व लिइरहेको बजारमा दोस्रो सत्रबाट भने बैंकिङ समूहमा उच्च सुधार हुन थाल्यो । बैंकिङ समूहको परिसूचक २५ अंकले बढेको छ । कृषि बिकास बैंकको नाफाको प्रक्षेपण बजारमा शुरु भएपछि सेयर मूल्य र कारोबार दुवै बढेको छ । बैंकको ९.९८ प्रतिशतले सेयर मूल्य बढेर चार करोड ७० लाख रुपैयाँको कारोबार भयो ।
जलविद्युत् समूहका चिलिमे जलविद्युत्, अरुणभ्याली र नेशनल हाइड्रोको कारोबार उच्च भएको छ । यस दिन कारोबार रकमको आधामा प्रमूख पाँच कम्पनीमा यी कम्पनी पर्न सफल भए ।
जलविद्युत् समूहका चिलिमे जलविद्युत्, अरुणभ्याली र नेशनल हाइड्रोको कारोबार उच्च भएको छ । यस दिन कारोबार रकमको आधामा प्रमूख पाँच कम्पनीमा यी कम्पनी पर्न सफल भए ।
सिभिक डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्कासनको लागि बुक क्लोजको मिति तोकिएको छ । बैंकको सोमवार बसेको बोर्डको बैठकले साउन पाँच गते यो मिति तोकेको छ । बैंकले चार बराबर एक अनुपातमा हकप्रद सेयर दिदै छ । साउन चार गतेसम्म बैंकको सेयर स्वामित्व हुने लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्ने छन । बैंकको हकप्रद निष्कासन पछि चुक्तापूँजी पाँच करोड रुपैयाँ पुग्ने छ ।
नेप्से आरएसआइ सुचकको आधारमा भने ओभरवट जोनमा रहेको छ । आरएसआई सुचकको ७० स्केल माथी परिसूचक पुगे बजारमा खरिदकर्ताको चाप बढेको र जोखिम पनि बढेको मानिन्छ । यस्तो सुचकको स्केल शुन्य देखि एक सयसम्म रहेको हुन्छ । नेप्से यसअघि पनि केही पटक भने यस्तो स्केलको ९० माथीसम्म पुगेको भने पाइन्छ । आरएसआई सुचक १४ दिनको अवधिमा परिसूचकले जोडेको वा घटाएको अंकलाई आधार मानेर निकालिन्छ ।
नेप्से आरएसआइ सुचकको आधारमा भने ओभरवट जोनमा रहेको छ । आरएसआई सुचकको ७० स्केल माथी परिसूचक पुगे बजारमा खरिदकर्ताको चाप बढेको र जोखिम पनि बढेको मानिन्छ । यस्तो सुचकको स्केल शुन्य देखि एक सयसम्म रहेको हुन्छ । नेप्से यसअघि पनि केही पटक भने यस्तो स्केलको ९० माथीसम्म पुगेको भने पाइन्छ । आरएसआई सुचक १४ दिनको अवधिमा परिसूचकले जोडेको वा घटाएको अंकलाई आधार मानेर निकालिन्छ ।
अपडेटः नेप्सेले छोयो एक हजारको तह, छ बर्षपछिको नया रेकर्ड, होटेल र जलविद्युत्को नेतृत्व
-
नेप्से परिसूचक १०१२ मा, १७.७३ ले बढ्यो
बैंकिङ १९.८८, होटेल ४६.२९ , जलविद्युत् ३९.२३ अंकले बढ्यो
- एक सय २१ मा १५ कम्पनीको मूल्य घट्यो, नेप्से १००८ मा आर्लियो
- नेप्सेले भेट्यो १०१०, १५ अंकले बढ्यो नेप्से
- नेप्सेले काट्यो १००४ को तह, १२ बजेर ३० मिनेटमा एक हजार सात मा
- कारोबार खुलेको १४ मिनेट मै नेप्से परिसूचकले एक हजारको तह भेटेको छ । नेप्सेले छ बर्षपछि पहिलो पटक एक हजारको बिन्दु भेटेको हो । यसअघि नेप्से २०६५ असोज २७ गते एक हजार चार बिन्दुमा रहेको थियो । १२ मिनेटमा बजारमा दुई करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।
- कृषि बिकास बैंकको सेयर सबैभन्दा धेरै नौं प्रतिशतले बढ्यो । हिमालयन डिष्टिलरीको ५.७ प्रतिशत, सोल्टि होटेलको ३.८ प्रतिशतले मूल्य बढेको छ । झिमरुक र कन्ट्रि डेभलपमेन्ट बैंकको पनि मूल्य बढ्यो । यस दिन बजार उकाल्ने नेतृत्व जलविद्युत् समूह र होटेलले लिएको छ । जलविद्युत् समूह १६ अंक, होटेल समूह ५२ अंकले बढ्यो । बैंकिङ समूह पनि ६.६९ अंकले बढेको छ । यस दिन कारोबार अवधिमा पटक पटक ९९७ मा केही समय पुग्दै केही घट्दै गरेको नप्सेले त्यसपछि सजिलै एक हजारको तह भेटेको हो ।








