बिगमार्ट सञ्चालनको पाँच वर्ष पूरा, आर्कषक छुट योजना, यही वर्ष काठमाडौंमा थप तीन स्टोर खुल्दै

बिजमाण्डू
२०७१ असार २५ गते ००:०० | Jul 9, 2014
बिगमार्ट सञ्चालनको पाँच वर्ष पूरा, आर्कषक छुट योजना, यही वर्ष काठमाडौंमा थप तीन स्टोर खुल्दै


काठमाडौं । रिटेल चेन बिगमार्ट सञ्चालनको पाँच वर्ष पूरा भएको छ । कम्पनीले यो उपलक्ष्यमा छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले पाँच सय रुपैयाँ माथिको खरिदमा प्रिभिलेज कार्ड जारी गर्ने र कार्डमा छुट दिइरहेको जानकारी दिएको छ ।
बिगमार्टका मार्केटिङ तथा ब्राण्डिङ प्रवन्धक अन्तिम रञ्जितले बिगमार्टका थुप्रै वस्तुमा छुट दिएको र यो जुलाई अन्तिमसम्म लागू हुने जानकारी दिएका छन् । कम्पनीले यसै वर्षको अन्तिमसम्म थप तीन स्थानमा समेत आफ्नो आउटलेट खोल्ने जानकारी दिएको छ । बिगमार्टका अहिले काठमाडौंमा सात स्टोर सञ्चालनमा छन् ।
काठमाडौंको कमलपोखरी, सानेपा, शान्तिनगर, लगनखेल, लाजिम्पाट, पेप्सिकोला र सुकेधारामा स्टोर सञ्चालनमा छन् । कम्पनीले प्रिभिलेज कार्डधनीलाई दुई प्रतिशत छुट दिएको र स्टोरको एक किलोमिटर परिधिमा होम डेलिभरी सुविधा दिने जानकारी पनि दिएको छ ।

Tata
GBIME
Nepal Life