‘अहिलेसम्मको मर्ज विदेशी रणनीतिक साझेदारलाई आधार हो’ चन्द्र ढकालको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ असार ३१ गते ००:०० | Jul 15, 2014
‘अहिलेसम्मको मर्ज विदेशी रणनीतिक साझेदारलाई आधार हो’ चन्द्र ढकालको अन्तर्वार्ता
मेरो स्वभाव काम भएपछि मात्र देखाउने छ । अगाडि नै धेरै हल्ला खल्ला गर्नु उपयुक्त लाग्दैन । जस्तो मर्जरकै सन्दर्भमा हेरौं । हामीले जति संस्थासँग मर्जर गर्ने भनेर बोल्यौं त्यो पूरा गर्यौं । तीन पटक मर्जरमा गयौं । मर्ज सुरु गर्नु अघि  धेरै चर्चा परिचर्चा भएन । काम भएपछि मात्र बाहिर आयो । त्यसैले रणनीतिक साझेदार ल्याउने सन्दर्भलाई पनि हल्का टिप्पणीको विषय बनाउनु हुँदैन भन्ने लाग्छ । हामी काम गरिरहेका छौं । कहिले निचोडमा पुग्छ, अहिले नै नभनौं
 तर, व्यवहारिक दृष्टिले हेर्दा अहिले सञ्चालनमा रहेका प्राय सबै बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका प्रमोटर तथा सञ्चालकहरु व्यापारिक पृष्ठभूमिकै छन् । त्यसैले निश्चित समय सिमा दिएर बाहिरिन लगाउने हो भने अलग विषय भयो, अर्को तिर भइ रहेको प्रबर्द्धक बाहिरिँदा को आउने भन्ने प्रश्न पनि छ । कुनै मान्छे जिम्मेवारीबिना औपचारिकताको लागि मात्र बोर्डमा बस्यो भने उ उत्तरदायी नै हुँदैन र निर्णय पनि हुन सक्दैन । त्यसैले संस्थालाई लिएर हुने म्यानुपुलेट रोक्ने तर सहि ढंगले बैंकिङ गर्नेलाई प्रबद्र्धन गर्ने नीति लिँदा नै दिगो हुन्छ

अर्को तिर यो वर्ष हाम्रो मुनाफा एक अर्ब माथि हुने प्रारम्भिक सूचकहरु आएका छन् । त्यसैले हामी लाभांस नै दिएर पुँजी बढाउनुपर्छ भनियो भने पनि हामीलाई कुनै अफ्ठ्यारो छैन । यी सबै हिसाबले हाम्रो संस्थाको सेयर अन्डर भ्यालुड हो कि जस्तो मलाई पनि लाग्छ । र, सायद यो विस्तारै माथि जान्छ पनि होला । अब अर्को दुई सातामा हाम्रो ब्यालेन्सिट पनि आइहाल्छ । व्यालेन्सिट आएपछि पनि बजारमा केहि सकारात्मक प्रभाव पर्ला

स्थापनाको डेढ दशकमै एउटा सबल वित्तीय समूह ‘आइएमई’ खडा गरेका चन्द्र ढकाललाई बैंकिङ्ग क्षेत्रमा जे चाहन्छन्, त्यो पूरा गर्छन् भन्ने व्याक्तिका रुपमा चिनिन्छ । उनले वित्तीय संस्थाहरुको मर्जमा ‘इन्सियसन’ लिए पहिलोपटक एउटा बैंकमा दुई फाइनान्स मर्ज भए, दोस्रोपटक त्यही बैंकमा दुई विकास बैंक थपिए र अन्तिममा एउटा बाणिज्य बैंक नै मर्ज गराए । छ संस्था मर्जपछि बनेको ग्लोबल आइएमईले मर्जको ‘सिनर्जी’ त पाएको छ नै, त्योभन्दा ठूलो ग्लोबल आईएमई बैंकलाई देशको ‘टप थ्री’ बैंक बनाउने ढकालको सपना पूरा हुँदै गएको छ । सुदर्शन सापकोटाले ढकाललाई प्रश्न गरे, के त्यो सपना पूरा गर्न ग्लोबल आईएमई विदेशी रणनीतिक साझेदार ल्याउँदैछ ?
 
तपाइँहरुले बाणिज्य बैंकसहित विकास बैंक, फाइनान्स कम्पनीहरु मर्ज गर्नु भयो, अब अहिले पनि बजारमा ग्लोबल आईएमईले अझ केहि बैंकलाई मर्ज गर्छ, विकास बैंक र फाइनान्स कम्पनीलाई गाभ्छ भन्ने बुझाइ छ ?
नेपाली वित्तीय संस्थालाई गाभ्ने वा एक्विजीशन गर्ने विषय विल्कुलै पनि होइन्, हामीले दुई/दुई वटा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरि छ संस्थालाई एकीकरण गरिसकेका छौं । वास्तवमा हामीले सुरुमा रेमिट्यान्सको काम थाल्यौं । अनि फाइनान्स कम्पनी खोल्यौं । त्यसपछि बाणिज्य बैंक स्थापना गर्यौं । यसरी संस्थाहरु बनाउँदै जाँदा मेरो सुरु देखिकै सपना भने हामीले काविल विदेशी साझेदार ल्याउन सक्नु पर्छ भन्ने थियो । 
स्ट्यान्डर्ड चार्टर्डजस्ता विदेशी बैंकहरुले गरेको सफल व्यवसायले मलाई पनि तानेको थियो । र, त्यसअनुरुप केहि विदेशी बैंकसँग कुरा गर्दा उनीहरुले सुरुमै बैंकको ब्यालेन्सिट साइज कत्रो छ, शाखा कति छन्, देशको कति भुभाग समेटेको छ जस्ता प्रश्नहरु गर्ने गर्थे । त्यसपछि मैले यिनै आधारभुत कुराहरु पुर्याउनेतर्फ आफ्नो ध्यान केन्द्रित गरें । फराकिलो सञ्जाल र पुँजी भएको बैंक बनाउनु पर्छ भन्ने प्रष्ट भए पनि हाम्रो बैंक नयाँ थियो । एकै पटक चार अर्ब पुँजी पुर्याउन वा ९० वटा शाखा खोल्न सम्भव थिएन । त्यसैले बिभिन्न विकल्प खोजि गर्दा मर्जर उत्तम हो भन्ने लाग्यो । जसबाट पुँजी, नेटवर्क सबै बढ्ने भयो । र, अहिलेसम्मका हाम्रा मर्जरबाट विदेशी संस्थाहरुसँगको साझेदारीका लागि आवश्यक न्युनतम पुर्वाधार तयार भएका छन् । 
 
त्यसो भए नेपाली संस्थाहरुलाई थप गर्नु हुन्न ?
लगानीकर्ता, सञ्चालक समितिदेखि कर्मचारीसम्म मिलाउने काम भएको हुँदा मर्जर सजिलो छैन । तर, हामीले अहिलेसम्म अत्यन्त सफल मर्जर गर्यौं । त्यसैले हाम्रो मर्जर नेपालमै नमूना भयो । त्यसैले पाँच वटा संस्था लिइसकेको ग्लोबलले अब अरु संस्था पनि मर्जर गर्छ भन्ने बाहिर परेको छ । किनभने हाम्रा मर्जर यति छिटो भए कि लाग्ने वास्तविक समय भन्दा पनि छोटोमा हामीले टुङ्ग्यायौं । 
हाम्रा ग्राहक सेवा सुविधा पनि उत्कृष्ट छ । रेमिट्यान्समा त हामी अरुभन्दा धेरै अगाडि छौं । यो सबै विदेशी साझेदार ल्याउनका लागि तयार गरिएको आधारभुत पूर्वाधार निर्माण थियो, जुन हासिल भइसकेको हुँदा अब कुनै पनि हालतमा नेपालका बाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीसँग मर्जरमा जाँदैनौं । हामी पुँजी, नेटवर्क, ब्यालेन्सिट सबै हिसाबले बलियो भइसकेका छौं । निजी क्षेत्रका बाणिज्य बैंकमा शाखामा एक नम्बर र पुँजीमा दोस्रो स्थानमा छौं । त्यसैले अबको हाम्रो ध्यान राम्रा विदेशी बैंकसँग संयुक्त लगानीमा जाने भन्ने हो । 
अब हामी थप नेपाली संस्थासँगै एकाकार हुँदैनौं । त्यो हामीलाई किन पनि जरुरी छैन भने, जस्तो भोली तुरुन्त पुँजी बढाउनु पर्ने अवस्था आयो भने पनि हामीलाई कठिन छैन । विदेशी साझेदार नआएको अवस्थामा नाफाबाट लाभांश वितरण गरेर पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सक्ने अवस्था छ । त्यसैले हामी कुनै पनि स्थानीय मर्जर र एक्विजिसनमा भने जाँदैनौं । 
विदेशी बैंकसँग पनि प्रकृया धेरै अघि बढि सक्यो, मलेसियाको आरएचबी बैंकसँग निकै चरणको कुराकानी भइसकेको भन्ने सुनिन्छ ?
ठ्याक्कै यो नै बैंकभन्दा पनि हामीले धेरै पहिलादेखि बिभिन्न संस्थासँग कुरा गर्दै आएका छौं । हाम्रा बैंकको ३०/३२ वटा शाखा भएदेखि नै विदेशीसँग कुरा गर्न थालेका हौं । उनीहरुका मापदण्ड पूरा गर्न पनि आवश्यक पुर्वाधार तयार गरेका हौं र अब जुनसुकै संस्थासँग पनि यो प्रकृया अघि बढ्न सक्छ । 
 
तपाइँहरु मात्र होइन आरएचबी बैंक पनि तपाइँहरुसँग साझेदारी गर्न तयार छ र सम्भाव्यता अध्ययन गर्न नेपाल आउँदैछ भन्ने चर्चा छ ?
अहिले मलेसियाका मात्र होइन अरु देशका अब्बल बैंक हामीसँग काम गर्न धेरै इच्छुक छन् । हामीले मलेसियाबाट नै रेमिट्यान्स कारोवार सुरु गरेको हुँदा त्यहिँबाट साझेदारीका लागि बैंक आउँछ भन्ने सोच राख्नु स्वाभाविक पनि हो । हाम्रो केन्द्रीय बैंकले पनि सबल विदेशी संस्थासँग साझेदारीलाई प्रोत्साहन गर्ने भनेको हुँदा हामी यसमा बिभिन्न संस्थासँग खुला छलफलमा छौं ।
 
नेपालका धेरै बैंकले विदेशी रणनीतिक साझेदार ल्याउन पहल गरिरहेको बताउँछन्, तर बजारमा ग्लोबल आइएममईलगायत एक/दुई बैंकले मात्रै साझेदार खोज्न सक्छन् भन्ने बुझाई छ ?
अरु बैंकको बारेमा त मलाई थाहा छैन । हामीले धेरै पहिलेदेखि प्रयास गरिरहेका छौं । त्यसका लागि पूर्वाधार पनि बनाएका छौं । हाम्रो कुरा अगाडि बढेको पनि छ । तर, यो विषय संवेदनशील समेत भएको हुँदा सबै कुरा नटुङ्गिएसम्म  बोल्नु उपयुक्त हुँदैन । 

एउटा समय सीमामा रहेर मर्जर गर्नुभयो, बैंक बलियो बनाउनु भयो, अब यति समयभित्र साझेदार भित्र्याएर संस्थालाई एउटा ‘पर्फेक्ट’ बाटोमा हिँडाउँछौं भन्ने योजना होला नी ?
मेरो स्वभाव काम भएपछि मात्र देखाउने छ । अगाडि नै धेरै हल्ला खल्ला गर्नु उपयुक्त लाग्दैन । जस्तो मर्जरकै सन्दर्भमा हेरौं । हामीले जति संस्थासँग मर्जर गर्ने भनेर बोल्यौं त्यो पूरा गर्यौं । तीन पटक मर्जरमा गयौं । मर्ज सुरु गर्नु अघि  धेरै चर्चा परिचर्चा भएन । काम भएपछि मात्र बाहिर आयो । त्यसैले रणनीतिक साझेदार ल्याउने सन्दर्भलाई पनि हल्का टिप्पणीको विषय बनाउनु हुँदैन भन्ने लाग्छ । हामी काम गरिरहेका छौं । कहिले निचोडमा पुग्छ, अहिले नै नभनौं ।
 
कमर्ज एन्ड ट्रष्टसँग मर्जर सकिएपछि पुँजीको आधार पनि ठुलो भयो, ब्यालेन्सिट साइज पनि बढ्यो, यो बर्ष एक अर्ब माथिको खुद मुनाफा ल्याउँदै हुनुहुन्छ, यो अवस्थामा ग्लोबल आईएमईको सेयर मुल्य अन्डरभ्यालु बसेको देखिन्छ ?
हामीलाई मर्जरको बेला राष्ट्र बैंकले कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणमा लैजानै पर्छ भनेको थियो । त्यसअनुरुप तीन लाख ४० हजार कित्ता सेयर हामीले सर्वसाधरणसमा विक्री गर्नुपर्दछ । त्यसैले अब आउने सेयर न्युन मुल्यमा आउला भन्ने सोचेर बजारमा ग्लोबलको सेयर मुल्य ‘अण्डर भ्यालु’ भएको हुन सक्छ । तर, चार करोड कित्ता सेयर भएका संस्थामा त्यो तीन लाख कित्ता सेयर अत्यन्त न्युन (एक प्रतिशत भन्दा कम) हो । त्यसैले प्रभाव पर्नु पर्ने कारण म देख्दिन । जुन सेयर सर्वसाधरणमा विक्री गर्ने भन्ने हो, त्यो प्रतिकित्ता सय रुपैयाँमै आउँछ भन्ने होइन । 
 
अर्को तपाइँहरुको थप १९ प्रतिशत सेयर सर्वधारणमा परिणत हुँदैछ त्यसैले पनि मुल्य नबढेको हो भन्ने बुझाई छ ?
मैले दुई/तीन दिनअघि मात्र पढेको थिएँ १२/१४ वटा बैंकले १९ प्रतिशत सेयर परिणत गरि सके भनेर । त्यसैले यो सामान्य भइसकेको छ । फेरि सेयर परिणत भएर तुरुन्त सर्वसाधारणमा जाने पनि होइन । कुनै पनि प्रमोटरले सेयर परिणत गरे पनि त्यसपछि आफैंले होल्ड गरेर राखेको देखिन्छ । त्यसैले यसले बजार मूल्यलाई प्रभावित पार्नु पर्ने देखिँदैन । अरु संस्थामा पनि १९ प्रतिशत सेयर पब्लिकमा परिणत गरे पनि बजार मुल्य त्यसरी प्रभावित भएको देखिएको छैन । त्यस माथि हामीले तुरुन्त परिणत गर्ने योजना पनि बनाएका छैनौं । फेरि भविष्यमा कसैले सर्वसाधारणमा परिणत नै गर्यो भने पनि बजारमा बिक्री गर्न लैजाने खालका कुनै पनि प्रमोटर हाम्रो बैंकमा छन् जस्तो लाग्दैन । 
अर्को तिर यो वर्ष हाम्रो मुनाफा एक अर्ब माथि हुने प्रारम्भिक सूचकहरु आएका छन् । त्यसैले हामी लाभांस नै दिएर पुँजी बढाउनुपर्छ भनियो भने पनि हामीलाई कुनै अफ्ठ्यारो छैन । यी सबै हिसाबले हाम्रो संस्थाको सेयर अन्डर भ्यालुड हो कि जस्तो मलाई पनि लाग्छ । र, सायद यो विस्तारै माथि जान्छ पनि होला । अब अर्को दुई सातामा हाम्रो ब्यालेन्सिट पनि आइहाल्छ । व्यालेन्सिट आएपछि पनि बजारमा केहि सकारात्मक प्रभाव पर्ला । मलाई के लाग्छ भने हामी पछिल्लो चरणमा आएका बैंकमा उत्कृष्ट बैंककै सूचीमा पर्छौं । अहिले पनि सेयर बजारमा धेरै कारोवार हुने संस्थाको सूचीमा ग्लोवल आइएमई छ । त्यसले सर्वसाधारणको यो बैंक प्रतिको विश्वास देखाउँछ । यो विश्वासलाई अझ मजबुत बनाउन हामी सदैब प्रतिबद्ध छौं । 
 
फरक पृष्ठभूमिका लगानीकर्ता, फरक सोंच भएका दुई बाणिज्य बैंक ग्लोबल र कमर्जवीच मर्ज भएको छ, यसलाई नेपालको सन्दर्भमा ‘वास्तविक मर्ज’ पनि भनिएको छ, दुई बैंक मर्ज भइसकेपछि ‘सिनर्जी’ कसरी प्राप्त भइराखेको छ ?
मर्जको फाइदा भनेको पहिला ग्लोबल मात्र रहँदा हाम्रो दुई अर्ब ८० करोड चुक्ता पुँजी थियो । र, अब अहिले सवा चार अर्ब पुगि सकेको छ । रिजर्भ पनि जोड्दा छ अर्ब पुँजी पुग्छ । यस्तोमा कुनै उत्कृष्ट परियोजना आयो भने हामीले आवश्यकताअनुसार लगानी गर्न सक्छौं । जस्तो राम्रो हाइड्रो प्रोजेक्ट आयो भने हामी एक्लैले तीन अर्ब रुपैयाँ लगानी गर्न सक्ने भयौं । त्यस्तै सामान्य परियोजनामा पनि सिङ्गल अब्लिगर्स (एकल ग्राहक कर्जा)को सिमा भित्र रहँदा पनि डेढ अर्ब रुपैयाँ दिन सक्ने भयौं । त्यो हिसाबले मर्जरले लगानीका अवसर अझ फराकिलो दायरामा पुर्याएको छ । जस्तो हाम्रो निक्षेप पनि ५० अर्ब रुपैयाँ जति पुगेको छ । 
पुँजी कम हुँदा निक्षेपका कारणले लगानी गर्ने क्षमता भए पनि लगानी गर्न नपाउने समस्याबाट अब मुक्त भइसकेका छौं । नेटवर्कको सन्दर्भमा हामी बैंकिङ सेवा नै नपुगेका दुरदराजमा शाखा लैजान सफल भएका छौं । दुर्गममा सञ्चालन खर्च बढि लाग्छ, घाटा हुन्छ जस्ता चर्चा हुन्छन् । तर, त्यो होइन । निक्षेपका लागि एकदमै भर्जिन ठाउँहरु दुर्गममा छन् । गाउँबाट कामका लागि विदेशीने क्रम बढेको हुँदा त्यहाँ प्रशस्त निक्षेप संकलन हुने गरेको छ । संस्थाको आकार बढेसँगै क्षमता पनि बृद्धि हुन्छ । अर्को दुई सातामा आउने व्यालेन्सिटले पनि मर्जरको सिनर्जी देखाउने छ ।
 

 
कुनै पनि संस्थाका कर्मचारी जति धेरै खुसी हुन्छन् उनीहरुको उत्पादकत्व पनि उत्तिकै बृद्धि हुन्छ भन्ने हाम्रो विश्वास हो । ४० प्रतिशत तलव बृद्धिले त्योभन्दा बढि आउटपुट आउँछ भन्ने हामीलाई लाग्छ । संस्था स्थापनाकालमा पनि ग्लोबलले त्यसबेला स्थापना भएका अन्य बैंकको तुलनामा राम्रो तलव स्केल दिएको थियो । र, मर्जर सकिएपछि भर्खरै हामीले स्टाफको तवल स्केलमा पनि राम्रै बृद्धि गरेका छौं । यसबाट उहाँहरु खुसी पनि हुनुहुन्छ । यो खुसीले नै प्रतिफल बढाउने हो

 
ग्लोबल आइएमई छ वटा संस्था मर्ज भएर बनेको छ, यसको आकार मात्र बढेको छैन कर्मचारी पनि धेरै भएका छन्, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
हाम्रो अहिले मुख्य लक्ष्य भनेकै कसरी ‘कन्सोलिडिएड’ गर्ने भन्ने छ । अलग अलग संस्थाको फरक कल्चरबाट आएका स्टाफलाई कसरी एउटै सिष्टममा ढाल्ने जस्ता विषयमा हामी केन्द्रित छौं । अलग संस्थामा रहँदा उनीहरुले आईटीका फरक प्रोग्राम चलाएका थिए, विकास बैंक र फाइनान्समा काम गर्ने कल्चर र बाणिज्य बैंकको काम गर्ने शैली पक्कै पनि फरक हुन्छ । यि सबै कुरालाई ध्यानमा राखेर हामीले तालिम पनि दिइ रहेका छौं । 
अर्को अलग अलग संस्थाबाट आएका कर्मचारीहरुलाई मिसमास गरेर राखेका छौं । ताकि एक ठाउँमा बसेर सबैमा ग्लोबल आइएमईकै कल्चर विकास हुन सकोस् भन्ने हाम्रो ध्येय हो । हामीले माथिल्लो व्यवस्थापनमा अरु सबल र बलिया बैंकबाट पनि कर्मचारी नियुक्त गर्न सुरु गरेका छौं । केही कर्मचारी थपिएका छन्, आगामी केही महिनामा उच्च व्यवस्थापनमा अरु कर्मचारी पनि थप्दै छौं । अब बैंक ठूलो भइसकेको छ, यसलाई व्यवस्थापन गर्न पनि माथिल्लो व्यवस्थापनमा खारिएका जनशक्ति चाहिन्छ, त्यसै अनुरुप अन्य संस्थामा आफ्नो दक्षता देखाएकालाई नियुक्त गर्न थालेका हौं ।
 
कर्मचारी आकर्षणका लागि झन्डै ४० प्रतिशत तलव बढाउनु भयो ?
कुनै पनि संस्थाका कर्मचारी जति धेरै खुसी हुन्छन् उनीहरुको उत्पादकत्व पनि उत्तिकै बृद्धि हुन्छ भन्ने हाम्रो विश्वास हो । ४० प्रतिशत तलव बृद्धिले त्योभन्दा बढि आउटपुट आउँछ भन्ने हामीलाई लाग्छ । संस्था स्थापनाकालमा पनि ग्लोबलले त्यसबेला स्थापना भएका अन्य बैंकको तुलनामा राम्रो तलव स्केल दिएको थियो । र, मर्जर सकिएपछि भर्खरै हामीले स्टाफको तवल स्केलमा पनि राम्रै बृद्धि गरेका छौं । यसबाट उहाँहरु खुसी पनि हुनुहुन्छ । यो खुसीले नै प्रतिफल बढाउने हो ।
 
ग्लोबल आईएमईमा रेमिट्यान्सको रुपमा आएको धेरै रकम रहने भएको हुँदा बैंकको रिटेल डिपोजिट उच्च छ तर पछिल्लो समय कर्जा प्रवाहमा भने कर्पोरेट बैंकिङमा बढि केन्द्रित हुनुहुन्छ ?
हो । सञ्चालनमा रहेका बाणिज्य बैंकमा रिटेल डिपोजिटको हिस्सा हाम्रोमा सबैभन्दा बढि हो जस्तो लाग्छ । यो रेमिट्यान्सको कारणबाटै हो । साथै ल्यान्डिङमा पनि हामी कर्पोरेटसँगै रिटेल र नेपाल राष्ट्र बैंकको तोकेको प्राथमिकता क्षेत्रमा पनि उत्तिकै जोड दिएका छौं । जस्तो कृषिका लागि हामीले एक÷दुई वटा शाखा खोलेका छौं । त्यसवाहेक एसएमई, डिप्राइभड जस्ता क्षेत्रलाई पनि हामीले उच्च प्राथमिकता दिएका छौं । हामीले बैंकिङका सबै क्षेत्रलाई समानान्तर ढंगले अघि बढाएका छौं । किनभने हाम्रो सिङ्गल अब्लिगरको कारणले कर्पोरेट हाउससँग कारोवार गर्न पनि सजिलो भयो भने रिटेल क्षेत्र त हाम्रो प्राथमिकता सुरु देखि नै पर्दै आएको छ । 
ग्लोवल आइएमईले विदेशमा पनि शाखा खोल्ने तयारी थियो, कुन चरणमा पुगेको छ ?
हामीले छ देशका लागि नेपाल राष्ट्र बैंकबाट ‘एलओआई’ लिएका हौं । त्यसमा कोरिया, इन्डिया, युएई, कतार, साउदी अरेबिया लगायत छन् । त्यसमध्ये साउदी र कतारबाहेक  अरु ठाउँको प्रकृया अघि बढेको छ । हामीले आफ्नो प्रकृया पुरा गरेर त्यहाँको नियामक समक्ष निवेदन दिएका छौं । अनुमती पाएपछि हामी काम सुरु गर्छौं ।
 
केन्द्रिय बैंकले पछिल्लो समय बैंकर र व्यवसायी अलग हुने गरि वाफियाको तयारी गरि रहेको छ, कसरि व्यवस्थापन होला ?
नियमनका दृष्टिले यो प्रावधान ठिकै होला । तर, व्यवहारिक दृष्टिले हेर्दा अहिले सञ्चालनमा रहेका प्राय सबै बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका प्रमोटर तथा सञ्चालकहरु व्यापारिक पृष्ठभूमीकै छन् । त्यसैले निश्चित समय सिमा दिएर बाहिरिन लगाउने हो भने अलग विषय भयो, अर्को तिर भइ रहेको प्रबद्र्धक बाहिरिँदा को आउने भन्ने प्रश्न पनि छ । कुनै मान्छे जिम्मेवारीबिना औपचारिकताको लागि मात्र बोर्डमा बस्यो भने उ उत्तरदायी नै हुँदैन र निर्णय पनि हुन सक्दैन । त्यसैले संस्थालाई लिएर हुने म्यानुपुलेट रोक्ने तर सहि ढंगले बैंकिङ गर्नेलाई प्रबद्र्धन गर्ने नीति लिँदा नै दिगो हुन्छ जस्तो मलाइ लाग्छ ।

Tata
GBIME
Nepal Life