सहाराको मंगलवार सेयर बाँडफाँट, १.२९ प्रतिशतका दरले बाँडिने ,५० देखि सात सय कित्ता लोटरीबाट

बिजमाण्डू
२०७१ असार ३१ गते ००:०० | Jul 15, 2014
कसलार्इ कति कित्ता पर्याे ? यहाँ क्लिक गर्नुहाेस्

Tata
GBIME
Nepal Life

काठमाडौं। मागभन्दा ७७.४७ प्रतिशत बढि आवेदन परेको सहारा बिकास बैंकको मंगलवार सेयर बाँडफाँट भएकाे छ । बैंकको सेयर मागेका सबैलाई १.२९ प्रतिशतका दरले समानुपातिक रुपमा तथा ५० देखि सात सय कित्ता सेयरको लागि आवेदन दिएकालार्इ लटरी प्रथाबाट छानिएकाे बिक्रीप्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जानकारी दिएकाे छ ।  बाँडफाँटबाट तीन हजार छ सय ४५ लगानीकर्ता सेयरधनीलार्इ सेयर परेकाे छ । 

बैँकले सर्वसाधारणको लागि ५५ हजार आठ सय कित्ता, सामुहिक लगानी कोषको लागि तीन हजार कित्ता र आफ्ना कर्मचारीका लागि एक हजार दुई सय कित्ता सेयर निष्कासन  गरेको थियो । एक सय रुपैयाँ प्रतिसेयर मूल्य रहेको कम्पनीको सेयरमा सर्वसाधारणले न्युनत्तम ५० कित्तादेखि अधिकत्तम पाँच हजार कित्तासम्मका लागि आवेदन दिएका थिए ।
 
सामूहिक लगानी कोषका लागि छुट्याइएको तीन हजार कित्तामा नबिल ब्यालेन्स फण्ड र सिद्धार्थ लगानी बृद्धि योजना दुवैले एक हजार पाँच सय कित्ताका दरले लगानी गरेका थिए  । सेयर निष्कासनपछि चुक्तापूँजी दुई करोड रुपैयाँ पुग्ने बैंकले त्यसपछि अार्थिक वर्ष २०७२/७३ सम्म सेयर स‌रचना फेरबदल नहुने उल्लेख गरेको छ । यसले बैंकको सेयरमा लगानी गर्नेले सो अवधिसम्ममा बोनस तथा हकप्रद सेयर पाउने सम्भावना कम छ । बैंकको सेयरमा लगानी गर्नेलाई नगद लाभांश दिने सम्भावना भने रहन्छ । आव २०७०/७१ मा बैंकको सञ्चित तथा जगेडा कोषमा बै‌कसँग  ६६ लाख ५४ हजार छ । 
 
बैंकको संस्थापकहरुमा नरेन्द्रप्रसाद चौधरी, तपेश्वर चौधरी, बालकृष्ण शाह लगायत छन । बैंकको गत आव अन्त्यसम्ममा ३४ लाख ६९ हजार रुपैयाँ नाफा भएको छ । बैंकको निक्षेप १४ करोड ४७ लाख, कर्जा ११ करोड २९ लाख रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २७.१३, प्रतिसेयर नेटवर्थ एक सय ११ छ । २०६६ साल पुस २८ गते सञ्चालनमा आएको बैंकले २०६७ कात्तिकमा नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको हो ।