जुलाइ अन्त्यमा पेट्रोल इन्जिनको टोयोटा इटिओस लिभा नेपाल आउने, शहरमै १५ किलोमिटर माइलेज

बिजमाण्डू
२०७१ असार ३२ गते ००:०० | Jul 16, 2014
जुलाइ अन्त्यमा पेट्रोल इन्जिनको टोयोटा इटिओस लिभा नेपाल आउने, शहरमै १५ किलोमिटर माइलेज


काठमाडौं । नेपालका लागि टोयोटा गाडिको आधिकारीक बितरक युनाइटेड ट्रेडर्स सिण्डीकेटले नयाँ इटिओस लिभा आउँदो जुलाइ अन्त्यमा नेपाली बजारमा ल्याउने भएको छ । विश्वभरका ग्राहकको मन जितेको कारले नेपालसमा समेत नयाँ सफलता पाउने कम्पनीको विश्वास छ ।
एक हजार एक सय ९७ सिसिको ७८.९ विएचपी १६ भल्भ भएको पेट्रोल इन्जिययुक्त लिभामा ५ स्पिड म्यानुअल गिअरबक्स रहेका छन् । जसले ७८.९ विएपी र ५६०० आरपिएमको शक्ति उत्पन्न गराउने जनाइएको छ । साथै यो कारमा १०४ एनएम र ३१००  आरपिएमको म्याक्स टर्क जडान भएको छ ।
लिभाले शहरी क्षेत्रमा १५.१ किलोमिटर तथा राजमार्गमा १७.७१ किलोमिटर प्रति लिटरको माइलेज दिने कम्पनीको दाबी छ । यो कारमा रहेको फराकिलो क्याविनमा पाँच जना व्यक्तिले आरामदायी यात्रा गर्न जनाइएको छ । त्यसैले पारिवारिक रुपले यसको प्रयोग धेरै हुने कम्पनीको भनाइ छ ।
कारमा ४५ लिटर क्षमताको इन्धन ट्यांकी र दुई सय ५१ लिटरको सामाग्री राख्न मिल्ने स्थान उपलब्ध रहेको छ । त्यसैले लामो यात्रामा रुचाउने चालक तथा परिवारको लागि लिभा इच्छाइएको ह्याचब्याक गाडि हुने कम्पनीको दाबी छ ।
कारमा रहेका इलेक्ट्रोनिक पावर स्टेयरिङ, मल्टि फङसन स्टेयरिङ ह्विल, पावर विन्डोज, रिमोट ट्रंक ओपनर, रिमोट फ्यूल लिड ओपनर आदि सुविधाले अझ आराम दिने जनाइएको छ । मध्यम वर्गिय परीवारको रोजाइमा पर्ने मुल्य र वनावटको यो कार पार्किङको लागि पनि सहज हुने कम्पनीको दाबी छ ।

Tata
GBIME
Nepal Life