वेष्टर्न युनियनले पैसा दोब्बर योजनाको चौथो बिजेता छान्यो, झरना थापाले जितिन् ५० हजार नगद

बिजमाण्डू
२०७१ साउन १ गते ००:०० | Jul 17, 2014

काठमाडौं। वेष्टर्न युनियनले आफ्नो २० औं बार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरेको पैसा दोब्बर योजनाको चौथो बिजेता चयन गरेको छ। गोलाप्रथाद्वारा झापाका झरना थापा (प्रसाईँ) विजयी भइ पचास हजार रुपैयाँ जित्न सफल भएकी हुन्।
वेष्टर्न युनियनले साप्ताहिक रुपमा विजेता चयन गरि पुरस्कार दिँदै आएको छ। रेमिट्यान्सको रुपमा प्राप्त गरेको रकम र पचार हजार रुपैयाँ मध्ये जुन कम हुन्छ विजयी सोहि रकम पाउँछने। थापाले वेष्टर्न युनियनको सब एजेन्ट मार्फत यो साता रकम पाएकी थिइन्। वेष्टर्न युनियनको एमटिसिएन कोडबाट गोलाप्रथा गरि विजेता चयन गर्ने जनाएको छ। २० साता सम्म चल्ने योजना अवधिमा कुल १० लाख रुपैयाँ पुरस्कारको रुपमा वितरण गर्ने जनाइएको छ।

Tata
GBIME
Nepal Life