माछापुच्छ्रे छाडेका बिजयबहादुर श्रेष्ठ एनडिइपीको सिइओ बने, मर्जर सफल पार्ने तत्कालको लक्ष

बिजमाण्डू
२०७१ साउन १ गते ००:०० | Jul 17, 2014
माछापुच्छ्रे छाडेका बिजयबहादुर श्रेष्ठ एनडिइपीको सिइओ बने, मर्जर सफल पार्ने तत्कालको लक्ष

काठमाडौं। माछापुच्छ्रे बैंकको नायव महाप्रबन्धकबाट राजिनामा दिएर बसेका बिजयबहादुर श्रेष्ठ एनडिइपी बैंकको सिइओ नियुक्त भएका छन्। माछापुच्छ्रे छाडेको डेढ महिना पछि गत आइतबारबाट श्रेष्ठले एनडिइपीमा कार्यभार सम्हालेका हुन्।
एनडिइपीको मर्जर सफल पार्ने र खराब कर्जा उठाउने आफ्नो प्राथमिक लक्ष रहेको श्रेष्ठले बताएका छन्। एनडिपीले राइजिङ डेभलपेमन्ट बैंकसँग मर्ज प्रकृया अघि बढाएको छ। यो मर्ज सफल भएपछि एनडिइपीमा अरु उपयुक्त पार्टनर समेत खोजेर गाभ्ने श्रेष्ठले बिजमाण्डूलाई बताए।
श्रेष्ठले २८ बर्ष अघि तात्कालिन इन्डोस्विस (हालको नेपाल इन्भेष्टमेन्ट) बैंकबाट आफ्नो करियर सुरु गरेका थिए। इन्डोस्वेजमा उनले १६ बर्ष बिताए। त्यसपछि १२ बर्ष उनले माछापुच्छ्रेमा काम गरे। विदेशी मुद्रा कारोवारमा उनको विषेश दख्खल छ। उनी सन् २००३ देखि फरेन एक्सचेञ्ज डिलर्स एसोसिएसन (फेडान)को समेत अध्यक्ष थिए। माछापुच्छ्रे छाड्दा उनले फेडानबाट पनि राजीनामा दिएका छन्।  

Tata
GBIME
Nepal Life