काठमाडौं। चार वाणिज्य बैंकसहित एक दर्जन कम्पनीले दसैंअघि नै बार्षिक साधारणसभा सकेर लाभांस वितरण गर्ने देखिएको छ। अघिल्लो बर्ष पनि यि संस्थाले दसैअघि साधारणसभा गरेका थिए।
गत बर्ष संविधानसभाको निर्वाचनका कारणले राष्ट्र बैंकका कर्मचारी व्यवस्त रहँदा सीमित कम्पनीहरुको मात्र बार्षिक प्रतिवेदन पारित गरेका थिए। यसपाली सरासर काम हुने भएकाले अझ बढी कम्पनीको साधारण सभा दसैंअघि नै हुनसक्छ।

साधारणसभा गर्ने संस्थाको मुख्य एजेन्डा लाभांश, गाभ्ने/गाभिने र सेयर संरचना परिवर्तन रहने छ। साधारणसभा बोलाउनेमा एनएमबी क्यापिटल र नबिल क्यापिटलका साथै सिटिजन्स् बैंक इन्टरनेसल, एभरेस्ट बैंक, सानिमा बैंक, ग्लोबल आइएमइ बैंक र नेपाल एसबिआइ बैंक रहने छन्।
त्यस्तै युनिलिभर नेपाल लिमिटेडले पनि दसैंअघि नै सेयरधनीलाई लाभांस ख्वाइ सक्ने छ। गत बर्ष कम्पनीले असोज १८ मा साधारणसभा गरेर सात सय ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। महालक्ष्मी फाइनान्सले असोज २० मा साधारणसभा गरेर १३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
बागमती डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, एकता विकास बैंक, एभरेस्ट फाइनान्स, राइजिङ डेभलपमेन्ट बैंक, फर्स्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, कैलाश विकास बैंकले पनि दसैंअघि नै साधारणसभा सक्ने सम्भावना छ ।