सिटी एक्सप्रेस मनी ट्रान्सफर र एनबी बैंकबीच सम्झौता, सिटीबाट पठाएको पैसा एनबीका शाखाबाट

बिजमाण्डू
२०७१ साउन २ गते ००:०० | Jul 18, 2014

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल बाङ्गलादेश (एनबी) बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ। अब विदेशमा रहेका नेपालीले सिटी एक्सप्रेसबाट पठाएको पैसा नेपालमा एनबी बैंकका शाखाबाट भुक्तानी लिन सकिनेछ।
सम्झौतामा सिटीका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
आठ बर्ष रेमिट्यान्स भित्र्याउँदै आएको सिटीले जापानमा आफ्नै कार्यालय तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया युएई, बेलायत, जोर्डन, इराक लगायत नेपाली कार्यरत प्राय सबै देशमा उपस्थिती रहेकाे जनाएको छ।
कम्पनीले नेपालका अधिकांश क वर्गका बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरि सकेको छ। यसरि देशभरमा तीन हजार पाँच सय भन्दा बढि एजेन्ट रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life