युएएसएआइडीले व्यवसायिक साक्षरतामा लगानी सुरु गर्यो, तीन वर्षमा ४० लाख अमेरिकी डलर खर्च हुने

बिजमाण्डू
२०७१ साउन २ गते ००:०० | Jul 18, 2014

काठमाडौं । अमेरिकी विकास नियोग (युएसएआइडी) ले नेपालको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका ४८ हजार व्यक्तिलाई साक्षरता उद्यमशीलता वित्तीय व्यवस्थापन तथा जीवनोपयोगी सीपबारे सिकाउने कार्यक्रम सुरु गरेको छ । तीन वर्षभित्र अंक तथा अक्षरको साक्षरता उद्यमशीलता वित्तीय व्यवस्थापन तथा जीवनोपयोगी सीप कार्यक्रममा ४० लाख अमेरिकी डलर खर्च गरिने राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

Tata
GBIME
Nepal Life

 सो साक्षरता कार्यक्रम अमेरिकी सरकारले जोखिममा रहेका घरपरिवारको जीवनयापनको स्तरवृद्धि गर्न पाँच वर्षको अवधिको लागि सञ्चालन गरेको भावी पुस्तालाई अनाज कार्यक्रमकै एक हिस्सा हो । भावी पुस्तालई आनाज कार्यक्रमको बजेट छ करोड ६० लाख अमेरिकी डलर छ भने समायवधि पाँच वर्षको छ । कार्यक्रमले महिलायुवा तथा पिछडिएको समुदायलाई सशक्तिकरण अभियानलाई सहयोग पुग्ने युएसएआइडी नेपालकी मिसन निर्देशक बेथ डनफोर्डले बताइन् । उनले भनिन्,'सन् २००८ देखि २०१२ सम्म हामीले सञ्चालन गरेको उद्यमी साक्षरता तालिमले नेपालको मध्यपश्चिम क्षेत्रका ३२ हजार भन्दा बढी युवा महिला तथा पिछडिएकरो समुदायको लागि जीवन यापनको जग बसालेको छ ।'

यस कार्यक्रमले स्वास्थ्यपोषण तथा उद्यमी साक्षरताको कृषिसँग सम्बन्ध स्थापित गराउँदा मानिसहरुलाई गरिवीबाट मुक्त गराउने विश्वास लिएको छ । युएसएआइडीले विगतमा सुरु गरेको उद्यम साक्षरता तालिमबाट फाइदा पुगेको बताउँछिन् रिना चौधरी । सानैमा कमलरी बसेकी उनले यो तालिमले जीवन नै परिवर्तन गरेको बताइन् । उनले भनिन् , 'पहिला पहिला श्रीमानको भर पर्नुपर्थ्यो । अहिले यो कार्यक्रमले मलाई पुग्ने आफैँ कमाएकी छु ।'

यस्तै बाँकेकी तिला पौडेल पनि युएसएआइडीले परनिर्भरबाट आत्मनिर्भर बनाएको बताइन् । उनले यही सीपले २ कठ्ठा जग्गाबाट ८ कठ्ठा जोड्न सफल भएको बताइन् । उनले भनिन्, 'यो कक्षा नलिउन्जेल मलाई केही थाहा थिएन तर अहिले म सबै काम गर्न सक्ने भएकी छु । जीवन जीउन जानेकी छु ।' यसैबीच अर्थमन्त्री डा रामशरण महतले यस्ता कार्यक्रमले निम्न आय भएको वर्गलाई राहत दिने बताए । उनले युएसएआइडीले गरेको कामको प्रसंशा गर्दै सक्षरता वित्तीय व्यवस्थापनले गरिवी न्यूनीकरणमा समेत सघाउ पुर्यानउने विश्वास गरे ।