चुक्तापूँजी वृद्धि गर्ने खबरले लघुवित्त कम्पनीमा सर्किट ब्रेक, नेप्से १०७४ अंक माथि पुग्यो

बिजमाण्डू
२०७१ साउन ४ गते ००:०० | Jul 20, 2014
चुक्तापूँजी वृद्धि गर्ने खबरले लघुवित्त कम्पनीमा सर्किट ब्रेक, नेप्से १०७४ अंक माथि पुग्यो
काठमाडौं। चुक्तापूँजी वृद्धिको खबरले लघुवित्त कम्पनीहरुमा सर्किट बे्रक नै लागेको छ । निर्धन उत्थान बैंक, नेरुडे लघुवित्तको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले वृद्धि भयो । साना किसानको ९.९८प्रतिशत, स्वावलम्ब बिकासको ९.९७ प्रतिशत, स्वरोजगारको ९.९ प्रतिशत  कालिका माइक्रोको ९.९३ प्रतिशत, आरएमडीसीको ९.९४ प्रतिशत, सहयोगी बिकास बैंकको ९.९१ प्रतिशतले मूल्य बढेको छ ।

Tata
GBIME
Nepal Life

वित्तीय पहुँच पुगेका जिल्लाहरुमा रहेका लुघवित्तहरुको चुक्तापूँजी वृद्धि गर्ने चालु आवको मौद्रिक नीतिमा उल्लेख छ । तर राष्ट्र बैंकका डेपुटी गभर्नरले महाप्रसाद अधिकारीले सबै लघुवित्त कम्पनीको चुक्तापूँजी वृद्धि गर्न लगाइने बिजमाण्डुसंगको कुराकानीमा बताएका छ । मौद्रिक नीतिले लघुवित्तहरुको कारोबारको दायरा बढाउन सहयोगी अन्य व्यवस्थाहरु पनि गरेको छ । 
 

छिमेक लघुवित्त बिकास बैंकको सेयर मूल्य एक सय ४८ रुपैयाँ,  डिप्रोक्स डेभलपमेन्टको एक सय एक, नया नेपाल लघुवित्तको ८५ रुपैयाँले मूल्य बढेको छ । बिकास बैंक समूहको परिसूचक समेत ३० अंकले बढेको छ ।
 
आइतवार सबै समूहको परिसूचक बढ्यो भने बैंकिङ र बीमाले बजारको नेतृत्व लियो । नेपाल बैंकको मात्रै यस दिन ११ करोड ८४ लाख रुपैयाँको कारोबार भयो ।

बैंकको सेयर मूल्य पनि २५ रुपैयाँले बढेको छ । कुमारी बैंक, एनसीसी बैंक, ग्लोबल आइएमइ बैंकको पनि तीन करोड माथीको कारोबार भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्यले पुन एक पटक ३०२३ रुपैयाँमा आइपुगेको छ । तीन बर्ष यता बैंकको मूल्य पहिलो पटक तीन हजार कटेको हो । लक्ष्मी, लुम्बिनी बैंकको सेयर मूल्य नौं प्रतिशत भन्दा धेरैले महंगिएको छ । नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, ग्राण्ड, मेगा बैंकको पनि सेयर मूल्य बढेको छ ।
 

प्रिमियर इन्स्योरेन्सको सेयर मूल्यले पनि एक हजार रुपैयाँ नाघेको छ । हिमालयन जेनरल, एनएलजी इन्स्योरेन्स, नेपाल लाइफ, लुम्बिनी जेनरल लगायतकाको सेयर मूल्य बढेको छ । बीमा समूह ८४ अंकले बढ्यो । 
जलविद्युत् समूहको वृद्धिदर भने सुस्तियो । चिलिमे जलविद्युत्को प्रबन्ध सञ्चालक कुलमान घिसिङको पदावधी सम्बन्धी विवादमा आयोजनामा नै बन्द गरिएको खबरले कम्पनीको मूल्य प्रभावित भयो । कम्पनीको सेयर मूल्य चार रुपैयाँले बढेको छ ।
 
नेप्सेले १०६४ को प्रतिरोध भने सजिलै पार गरेको मान्न सकिन्छ । ११७५ बिन्दु पुग्नु अघि बिसं २०६४ पुष दुई गते नेप्से १०६४ मा थियो । यस दिन कारोबार रकम पनि उच्च छ । एकै दिनमा बजारमा करिब एक अर्ब अर्थात् ९६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।