बीएमडब्लुले विश्वभरबाट १६ लाख कार फिर्ता मगायो, कारको एयरब्याग इन्फ्लेटरमा समस्या

बिजमाण्डू
२०७१ साउन ४ गते ००:०० | Jul 20, 2014
बीएमडब्लुले विश्वभरबाट १६ लाख कार फिर्ता मगायो, कारको एयरब्याग इन्फ्लेटरमा समस्या


काठमाडौं। बीएमडब्लुले आफ्नो तेस्रो सिरिजको १६ लाख थान कार विश्वभरबाट फिर्ता मगाएको छ। यी कारको एयरब्याग इन्फ्लेटरमा समस्या देखिएको हुँदा फिर्ता ल्याउन लागिएको कम्पनीले जनाएको छ।
कम्पनीले अब कारको प्यासेन्जर साइडको फ्रन्ट एयरब्याजलाई फेर्ने र पुनः बजारमा पठाउने जनाएको छ। सुरक्षाका कारण यी कार फिर्ता ल्याउन लागिएको कम्पनीको भनाइ छ। कम्पनीले फिर्ता ल्याउन लागेका कार सन् १९९९ को अगष्ट देखि २००० को बीचमा निर्माण भएका थिए। कम्पनीले यी कारमा प्रयोग गरेको प्रविधिलाई पछ्याउने अरु उत्पादकले समस्या आएको बताए पछि सम्बन्धित जोखिम अवागै फिर्ता बोलाएको बीएमडब्लुको भनाइ छ।
अहिलेसम्म आफ्ना कुनै पनि ग्राहक या यात्रुले कारमा समस्या आएको रिपोर्ट भने नगरेको कम्पनीले जनाएको छ। कम्पनीका डिसर्लले एयरब्याग सित्तैमा फेरिदिने जनाइएको छ। अहिलेको सूचीमा सन् २०१३ मा यहि समस्याबाट फिर्ता ल्याउन भनिएका कार भने सामेल छैनन्। त्यस बेला ४२ हजार कार बजारबाट फिर्ता मगाइएको थियो।

Tata
GBIME
Nepal Life