राष्ट्रिय वाणिज्य बैंकको सिन्धुपाल्चोक जलविरेमा शाखा पुर्नस्थापना, बैंकको १५५ औ शाखा सञ्जाल

बिजमाण्डू
२०७१ साउन ५ गते ००:०० | Jul 21, 2014
राष्ट्रिय वाणिज्य बैंकको सिन्धुपाल्चोक जलविरेमा शाखा पुर्नस्थापना, बैंकको १५५ औ शाखा सञ्जाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सिन्धुपाल्चोक जलविरेको शाखा पुर्नस्थापना गरेको छ । यो शाखाको पुर्नस्थापनासँगै बैंकको शाखा सञ्जाल १५५ वटा पुगेको छ । २०३९ असारमा स्थापना भएको जलविरे शाखा द्वन्द्वका क्रममा  २०५८ साल   विस्थापित गरी धुलिखेलमा गाभिएको थियो ।
यो शाखा असार ३२ गते पुर्नस्थापना गरि कारोवार सञ्चालन सुरु गरिएको बैंकले जारी प्रेस विज्ञप्तिमा छ । बैंकले शाखा जलविरे गाविसको वडा नम्वर ४ मा पुर्नस्थापना गरिएको जानकारी दिएको छ ।  
शाखा पुर्नस्थापना कार्यक्रममा बैंकको क्षेत्रीय कार्यालय काठमाडौंका क्षेत्रीय प्रमुख उद्घवप्रसाद खनाल, स्थानीय समाजसेवी गेदवहादुर थापा व्रान्च अपरेशन विभागका विभागीय प्रमुख ओमप्रकाश आचार्यले शाखाको सफलताको शुभकामना दिएका थिए । ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आचार्यले बैंकको समग्र स्थिति र बैंकले प्रदान गर्ने सुविधावाट लाभ उठाउन स्थानीयलाई आग्रह गरेका थिए । कार्यक्रममा शाखाका प्रवन्धक नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य गरेका थिए भने ब्रान्च अपरेशन विभागका उप प्रवन्धक ईश्वरी न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए । 
 

Tata
GBIME
Nepal Life