सामसुङका सेट र टेलिकमको सिम प्याकेजमा किन्दा सेटमा १० % छुट, १५ % बराबर टक टाइम सित्तैमा

बिजमाण्डू
२०७१ साउन ५ गते ००:०० | Jul 21, 2014
सामसुङका सेट र टेलिकमको सिम प्याकेजमा किन्दा सेटमा १० % छुट, १५ % बराबर टक टाइम सित्तैमा

काठमाडौं । नेपाल टेलिकम र सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आईएमएस)ले संयुक्त रुपमा छुट सम्बन्धी बिशेष योजना ल्याएका छन् । यो योजना अनुसार नेपाल टेलिकमको सिम कार्ड सहित कम्पनीले तोकेको पाँच किसिमका सामसुङका मोबाइल सेटमध्ये एकको खरिदमा १० प्रतिशत नगद छुट र कल गर्दा १५ प्रतिशत बराबर टक टाइम वा डाटा सित्तैमा पाउने छन् ।

Tata
GBIME
Nepal Life

यो योजना भित्र रहेर सामसुङको मोबाइल सेट किन्दा आईएमएसले मोबाइलको मूल्यमा १० प्रतिशत रकम छुट दिनेछ भने टेलिकमले चाही प्याकेज लिएका ग्राहकलाई १५ प्रतिशत टक टाइम वा डाटा सित्तैमा दिनेछ । नेपालमा यस्तो सेवा पहिलो पटक सुरु गरिएको र विदेशमा जस्तै २४ वा ३६ महिने किस्तामा सेट र सेवा दिने गरी योजना लागु गर्ने तयारी गरिरहेको आइएमएसका कार्यकारी अध्यक्ष दीपक मलहोत्राले बताए ।

सामसुङ गुरु, सामसुङ लकोटा मोडलको खरिदकर्ताले नेपाल टेलिकमबाट भ्वाइस सेवामा छुट पाउनेछन् भने सामसुङ ट्रेण्ड, सामसुङ कोर र ग्यालेक्सी एस थ्री को खरिदमा इन्टरनेट डाटा पाउने छन् । ग्राहकले आइएमएसको काठमाडौं भित्रका पाँच वटा आउटलेट र टेलिकमको छानिएका बिक्री केन्द्र मार्फत मोवाइल किन्न सक्छन् ।

यी योजना अन्र्तगत खरिद गरिएका मोबाइल सेटमा एक बर्षको ग्यारेन्टी र पाटपुर्जामा छ महिनाको वारेन्टी दिइने आइएमएसका प्रेसिडेन्ट दिकेश मलहोत्राले बताए । यस योजना अन्र्तगत बिक्री भएका मोबाइल सेटमा समस्या देखिए सामसुङको आधिकारिक सर्भिस सेन्टरबाट मर्मतको सुविधा लिन सकिने छ ।

नेपाल टेलिकम र आइएमएस बीच सम्पन्न योे साझेदारी तीन बर्षसम्मका लागि हो । यस अवधिमा यो योजना अन्र्तगत तोकिएका कुनै मोडलको स्तरोन्नती भएमा पनि योजनामा समावेश गरिने कम्पनीले जानकारी दिइएको छ । इन्ट्री लेभलका बाहेकका सबै मोडलमा थ्रिजी प्रविधि उपलब्ध हुने र सबै मोडलमा इन्टरनेट चलाउन सकिने कम्पनीले स्पष्ट पारेको छ ।

उपभोक्तालाई कम्पनी सेवामा छुट र न्युनतम दरमा मोवाइल सेवा उपलब्ध गराउन बण्डलिङको प्याकेज ल्याएको टेलिकमका कामु प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले बताए ।

यस्तो छ सेटको मुल्य र छुट

सामसुङ गुरु
पर्ने मूल्य रु : २२६०
छुट रु: २२६
अफर मूल्य रु: २०३४
नि:शुल्क टक भ्यालु: ३३८ रुपैयाँ बराबर

सामसुङ लकोटा
पर्ने मूल्य रु: ५७००
छुट रु: ५७०
अफर मूल्य रु: ५१३०
नि:शुल्क टक भ्यालु: ८२५ रुपैयाँ बराबर

सामसुङ ट्रेन्ड
पर्ने मूल्य रु: १३६५०
छुट मूल्य रु: १३६५
अफर मूल्य रु: १२२८५
निशुल्क डाटा: २०४० रुपैयाँ बराबर
 
सामसुङ कोर
पर्ने मूल्य रु: २४२००
छुट मूल्य रु: २४२०
अफर मूल्य रु: २१७८०
निशुल्क डाटा: ३६०० रुपैयाँ बराबर

सामसुङ ग्यालेक्सी एस थ्री
पर्ने मूल्य रु: ३९५००
छुट मूल्य रु: ३९५०
अफर मूल्य रु: ३५५५०
निशुल्क डाटा ५८८० रुपैयाँ बराबर