एस बैंकले स्टक एक्सचेञ्जलाई भन्यो, हिमालयन बैंकसँग मर्जको कुनै पनि निर्णय भएको छैन्

बिजमाण्डू
२०७१ साउन ५ गते ००:०० | Jul 21, 2014

काठमाडौं । एस विकास बैंकले हिमालयन बैंकसँग मर्जका लागि कुनै पनि निर्णय नभएको जानकारी दिएको छ । सोमवार एस विकास बैंकका काम प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखेर मर्जका विषयमा कुनै पनि निर्णय नभएको जानकारी दिएका छन् । स्टक एक्सचेञ्जले हिमालयन बैंकलाई पनि पत्र लेखेर मर्जका विषयमा प्रश्न गरेको छ । बैंक स्रोतले भन्यो, हामी पनि एस विकास बैंककै प्रकृतीमा पत्र लेख्दै छौं ।

Tata
GBIME
Nepal Life