एडिबीको सहयोगमा बन्यो खुर्कोट पुल, पुर्वका १२ जिल्लामा मध्यपहाडी लोकमार्गको लिंक, १८ करोड लागत

बिजमाण्डू
२०७१ साउन ६ गते ००:०० | Jul 22, 2014
एडिबीको सहयोगमा बन्यो खुर्कोट पुल, पुर्वका १२ जिल्लामा मध्यपहाडी लोकमार्गको लिंक, १८ करोड लागत


काठमाडौं । पुष्पलाल मध्य पहाडी लोकमार्गमा निर्मित खुर्कोट पुल मंगलबार देखि औपचारिक सञ्चालनमा आएको छ । भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधीले सय मिटर लामो पुल उद्घाटन गरेका हुन् ।
खुर्कोट पुल बने पछि पुर्वी पहाडका १२ मध्यपहाडी लोकमार्गबाट जोडिएका छन् । सुनकोशी नदीमा बनेको पुलले रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई आपसमा जोडेको छ भने यि जिल्लामा तराइको आवागमन पनि सहज बनाएको छ । यो पुल बनेपछि कोशी पुर्वका खोटाङ, ओखलढुङ्गा लगायत जिल्लामा पुग्न पनि सजिलो भएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पुल निर्माण गरिएको हो । पुल बनाउन एडिबीले करिब १८ करोड रुपैयाँ (१८ लाख अमेरिकी डलर) सहयोग गरेको थियो ।

खुर्कोट पुल मध्यपहाडी लोकमार्गका लागि महत्वपुर्ण लिंक हो । पुलले स्थानियको आर्थिक विकास र गरिबी निवारणमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास आफुले लिएको एडिबीका कन्ट्री डाइरेक्टर केनिची योकोहामाले बताए । ‘मध्यपुर्वी पहाडको कृषि, पर्यटन र व्यापार विस्तारमा पुलले ठुलो सहयोग पुर्याउँछ भन्ने विश्वास लिएको छ’ उनले भने ।

Tata
GBIME
Nepal Life