सामसङको के जुम नेपाली बजारमा, २०.७ मेगा पिक्सेल क्यामेरा, दुई जिबी र्‍याम आठ जिबी मेमोरी

बिजमाण्डू
२०७१ साउन ७ गते ००:०० | Jul 23, 2014
सामसङको के जुम नेपाली बजारमा, २०.७ मेगा पिक्सेल क्यामेरा, दुई जिबी र्‍याम आठ जिबी मेमोरी

काठमाडौं । नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता आइएमएसले नयाँ स्मार्टफोन के जुम बजारमा ल्याएको छ । क्यामेरा र स्मार्टफोनको उत्कृष्ट विशेषतालाई एउटै उपकरणमा समावेश गरेर यो के जुम निर्माण गरिएको कम्पनीले जनाएको छ ।

१० गुणासम्म अप्टिकल जुमभएको २०.७ मेगा पिक्सेल क्यामेराले के जुमलाई अरु स्मार्टफोन भन्दा पृथक बनाएको कम्पनीको भनाइ छ ।
१.७ गिगाहर्ज को डुअल कोर र १.३ जिगाहर्जको क्वाड कोर प्रोसेर भएको यो स्मार्टफोनमा एन्ड्रोइड किटकैट अपरेटिङ सिस्टम, २ जिबीको र्‍याम, आठ जिबी मेमोरी लगायत विषेशता छन् ।
यो माेवाइलमा जडित क्यामेराको गुणस्तर पनि निकै राम्राे छ । क्यामेरा र स्मार्ट फाेन एउटैमा भएको कारण उपभाेक्ताले प्रयोगमा सहज महशुस गर्नेछन् ।

Tata
GBIME
Nepal Life