हुन्डाईको विश्वकप भविष्यवाणीमा दिनेश तुलाधरले ल्याए बढी अंक, विजयीलाई पुरस्कार हस्तान्त्रण

बिजमाण्डू
२०७१ साउन ७ गते ००:०० | Jul 23, 2014
हुन्डाईको विश्वकप भविष्यवाणीमा दिनेश तुलाधरले ल्याए बढी अंक, विजयीलाई पुरस्कार हस्तान्त्रण


काठमाडौं । हुन्डाई मोटरको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फिफा विश्वकप २०१४ को भविष्यवाणी गर्ने विजेतालाई पुरस्कार प्रदान गरेको छ । 
प्रतियोगितामा सहभागीमध्ये दिपेश तुलाधरले प्रतियोगिताभरी सबैभन्दा बढी अंक ल्याएर सामसङको ३२ इन्च एलइडि टिभी जितेका छन् । विज्ञान ढकालले गोल्डेन वल अन्तर्गत भविष्यवाणी गरी सामसङ एस डुओर्स २ मोवाइल प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ । त्यसैगरी गोल्डेन बुट भविष्यवाणी अन्तर्गत दिवश पाण्डे र गाल्डेन ग्लोबस अन्तर्गत भविष्यवाणी गरी सनि श्रेष्ठले सामसङ एस डुओर्स २ मोवाइल जितेका छन् । युवा खेलाडी भविष्यवाणी गरी सरोज महर्जनले पनि सामसङ एस डुओर्स २ मोवाइल जितेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । 
यसबाहेक हुन्डाइले ब्राजिल विश्वकप २०१४ भर हरेक दिन विश्वकप सम्बन्धी प्रचारात्मक सामग्रीहरु (किरिङ, जर्सी) वितरण गरेको थियो । सबै विजेतालाई मंगलवार हुन्डाई सोरुम थापाथलीमा पुरस्कार वितरण गरिएको कम्पनीले जानकारी दिएको छ । भविष्यवाणी गर्ने प्रतियोगितामा १० हजारभन्दा बढी सहभागी आकर्षित भएको पनि कम्पनीले जानकारी दिएको छ । 
 

Tata
GBIME
Nepal Life