सात बाणिज्य बैंकसहित ५३ संस्थाले पुँजी पुर्‍याउन बाँकी, पुँजी नपुर्‍याए नगद लाभांसमा रोक

बिजमाण्डू
२०७१ साउन ८ गते ००:०० | Jul 24, 2014
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असार मसान्तसम्म तोकिएको चुक्ता पुँजी नपुर्‍याएका बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तार तथा नगद लाभांस वितरणमा रोक लगाउने भएको छ । साथै यस्ता संस्थाको निक्षेप संकलन र कर्जा लगानीमा निश्चित सीमा पनि तोकिने भएको छ । 

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले गत आर्थिक बर्ष नै तोकिएको पुँजी पुर्‍याउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । पुँजी सात वटा बाणिज्य बैंकसहित ५३ वटा संस्थाहरुले पुर्‍याएका छैनन् । 

बैंक अफ काठमाण्डू (बिओके) अन्य तीन संस्थासँग मर्जरको प्रकृयामा छ भने भने एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक, सिद्धार्थ बैंकले तोकिएको चुक्ता पुँजी पुर्‍याएका  छैनन् ।
राष्ट्र बैंकका अनुसार, बाणिज्य बैंकहरुले दुई अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुले ६४ करोड, १० जिल्ले विकास बैंकले २० करोड रुपैयाँ र त्योभन्दा कम जिल्ला कार्यक्षेत्र ओग्टने विकास बैंकहरुले १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्छ । 
राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुले २० करोड रुपैयाँ र क्षेत्रीयस्तरका फाइनान्स कम्पनीहरुले चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्‍याउनु पर्ने हुन्छ । पुँजी नपुर्‍याउनेमा सात बाणिज्य बैंक, राष्ट्रियस्तरका तीन विकास बैंक, १० जिल्ले एक विकास बैंक, त्योभन्दा कम कार्यक्षेत्रमा कारोबार गरिरहेका २४ विकास बैंकहरुले तिकिएको पुँजी पुर्‍याएका  छैनन् ।
यसैगरी चार वटा क्षेत्रीयस्तरका फाइनान्ससहित १८ कम्पनीले पनि तोकिएको पुँजी पुर्‍याएका छैनन् । तोकिएको पुँजी नपुर्‍याएका कतिपय विकास बैंक र फाइनान्स कम्पनीहरु हकप्रद सेयर निस्कासनको तयारीमा समेत छन् । साथै कतिपय वित्तीय संस्थाहरुले  सर्वसाधारणलाई सेयर बिक्री गर्न बाँकी नै छ । 
तोकिएको चुक्ता पुँजी नपुर्‍याउने बैंक तथा वित्तीय संस्थाहरुले नाफाबाट वोनस सेयर वा हकप्रद सेयर निस्कासन गर्नु पर्ने हुन्छ । दुबै गर्न नसक्ने संस्थाहरु मर्जर तथा एक्विजिसनमा जानु पर्ने हुन्छ । पुँजी नपुर्‍याएका केही संस्थाहरु वोनस र हकप्रद सेयर वितरण गर्ने योजनामा छन् भने कतिपय मर्जरमा जाने तयारी गर्दैछन् । 

राष्ट्र बैंकले  उपलब्ध गराएको पछिल्लो तथ्यांकका आधारमा कसको कति पुँजी?