बीटीमा रहेको सेयर नामसारीमा पठाउन स्टक एक्सचेन्जको निर्देशन परिमार्जन हुने, नया अवधि तोकिने

बिजमाण्डू
२०७१ साउन ८ गते ००:०० | Jul 24, 2014
काठमाडौं । केही दिन अघि नेपाल स्टक एक्सचेजले साउन मसान्त वा कम्पनीको बुक क्लोज मिति मध्ये पहिले आउने अवधि भित्रमा बीटी (ब्ल्यांक ट्रान्सफर)मा रहेको सेयर नामसारी गर्न दिएको निर्देशन संशोधन हुने भएको छ । 
यस्तो निर्णयले सेयरको माग र आपुर्तीमा असन्तुलन हुने ब्रोकरहरुले बताउदै आएकाले हामी यसबारे थप छलफल गर्दैछौं, नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने । उनले यो निर्देशनलाई परिमार्जन गरिने बताएका छन । तर कुन अवधि भन्ने छलफलको क्रममा रहेको छ, थपलियाले भने । 
हरेक आर्थिक बर्ष समाप्ती पछि बीटीमा रहेको सेयर नामसारीमा पठाउनु पर्ने व्यवस्था छ । त्यस्तै कम्पनीहरुले लाभांश दिएपछि लगानीकर्ताहरुले त्यस्तो लाभांश लिन पनि बुक क्लोज मिति अघि नै सेयर नामसारीमा पठाउने गर्दछन ।  
कोहिनुर सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटले भने, ‘एक आर्थिक भित्र भएको कारोबार बीटीमा राखिरहेको अवस्थामा भने नामसारीमा पठाउनु पर्ने व्यवस्था छ, तर त्यो सेयर अर्काे आर्थिक बर्षको शुरुमा नै बेचीसक्छ भने त्यो सेयर खरीद गर्नेले त्यो आर्थिक बर्षको अन्तपछि मात्र नामसारीमा पठाउदा हुने व्यवस्था छ ।’ नेप्सेको पछिल्लो निर्देशनले साउन भित्र भनेकोले कसैले बीटीमा रहेको सेयर यस साउनमा बेच्छ भने खरिदकर्ताले नामसारीमा पठाउन अनिवार्य हुदैनथ्यो, तर यदी कसैले त्यो अवधिमा बिक्री गर्दैन भने नामसारीमा पठाउनु पर्ने हुन्थ्यो । 
बजार उच्च अवस्थामा रहेकोले अहिले छेटो छोटो समयमा प्रतिफल लिन लगानीकर्ताहरुले बीटीमा सेयर राख्ने चलन छ । बीटीमा रहेको सेयरको स्लिपको आधारमा समेत सेयर कर्जा पाइने गरेकोले पनि लगानीकर्ताहरुले नामसारीमा नै सेयर पठाउनु पर्ने बाध्यता पनि छैन । तर केही समयपछि नै कम्पनीहरुको साधारण सभा शुरु हुन थाल्ने र बुक क्लोजको मिति पनि सार्वजनिक हुने भएकोले बीटीमा रहेको सेयर नामसारीमा जाने क्रम शुरु हुने रानाभाटले भने । 
 

Tata
GBIME
Nepal Life