भारतमा चम्कंदै इकमर्स, फ्लिपकार्टले जुटायो एक खर्ब, विश्वभरका लगानीकर्ताको आँखा भारतमा

बिजमाण्डू
२०७१ साउन ८ गते ००:०० | Jul 24, 2014

एजेन्सी । भारतीय इकमर्स कम्पनी फ्लिपकार्टले एक खर्ब रुपैयाँ (एक अर्ब अमेरिकी डलर) संकलन गरेको छ । कुनै पनि भारतीय कम्पनीले एकै पटकमा संकलन गरेको यो अहिलेसम्मकै धेरै रकम हो ।  आउँदो साता सम्ममा कम्पनीले रकम संकलन भएको औपचारिक घोषणा गर्ने स्रोत उधृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
कम्पनीले बजारमा थप प्रभावशाली उपस्थितीका लागि लगानी विस्तार गर्न रकम जुटाएको हो । यस मध्ये आधा रकम फ्लिपकार्टका मौजुदा लगानीकर्ता टाइगर ग्लोबल, रसियन अर्बपति यूरी मिलनरको डीएसटी तथा एक्सेल पार्टनरको तर्फबाट संकलन गरिएको जनाइएको छ । नपुग रकम भने नयाँ लगानीकर्ताले उपलब्ध गराएका छन् ।  भारतको सबै भन्दा ठुलो अनलाईन रिटेलर फ्लिपकार्टमा सिंगापुरको साउरेन वेल्थ फण्ड जीआरसी तथा अमेरिकाको इन्भेष्टमे फर्म टी रोव प्राइसले चासो दिँदै आएका छन् ।
यो नयाँ डिल सफल पारेर फ्लिपकार्टले कुल एक खर्ब ७० करोड डलर सम्म जुटाउने लक्ष लिएको छ । यो रकम लगानीमा जाने वित्तिकै पाँच अर्ब डलर भन्दा बढि मुल्याङ्कन हुने जनाइएको छ । सबै रकम संकलन भएको जानकारी समेत कम्पनीले दुई साता भित्र दिन सक्ने स्रोतको भनाइ छ ।
एक अर्ब ७० करोड डलरको डिल यो बर्षको सर्वाधिक ठुला रकम संकलन समेत हुनेछ । यसअघि अमेरिकाको सिलिकन भ्यालिको कम्पनी उबरले एक अर्ब २० करोड जुटाएको थियो । वहुराष्ट्रिय कम्पनी एमेजोनले भारतीय इकमर्स बजारमा लगानी बढाउँदै आएको छ । एमेजोनसँग प्रतिश्पर्धामा अब्बल हुन फ्पिकार्टले पनि रकम जुटाएको हो । यस अघि गत अप्रिलमा फ्लिपकार्टले अर्को भारतीय इकमर्स रिटेलर मित्रालाई अक्वायर गरेको थियो ।
सन् २०१३ यता विश्वव्यापी लगानीकर्ताले भारतको इकमर्समा रुची बढाएका छन् । आउँदो छ बर्ष भित्र अहिले दुई अर्ब ३० करोड अमेरिकी डलरमा सिमित यो क्षेत्रको लगानी ३२ अर्ब डलर पुग्ने विश्लेषकहरुको अपेक्षा छ । पछिल्ला चार क्वार्टरमा इकमर्स कम्पनीले भारतीय प्रविधि कम्पनीहरुसँग एक अर्ब ३० करोड डलर बराबरका दुई ६६ डिल गरि सकेका छन् ।

Tata
GBIME
Nepal Life