दुई दिनमा सुन तीन सयले सस्तियो, तोलाको ५३ हजार दुई सयमा कारोबार, चाँदी तोलाको आठ सय २५ रुपैयाँ

बिजमाण्डू
२०७१ साउन ८ गते ००:०० | Jul 24, 2014
काठमाडौं। दुई दिनमा प्रतितोला सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बुधवार एक सय र विहीवार दुई सयले मूल्य घटेको हो । विहीवार प्रतितोला सुन ५३ हजार दुई सय रुपैयाँमा कारोबार भइरएको छ । 

Tata
GBIME
Nepal Life
भारतीय बजारमा पनि प्रतिऔंस सुनको मूल्य एक सय ३६ भारुले घटेर कारोबार भइरहेको छ । विहीवार स्थानिय समय अनुसार करिब सवा १२ बजे प्रतिऔंस सुन २७ हजार सात सय ४६ भारुमा कारोबार भइरहेको छ । अघिल्लो दिन बजार बन्द हुँदा सोही परिमाणको सुन २७ हजार आठ सय ८२ मा कारोबार भएको थियो । 
घरेलु बजारमा चाँदीको मूल्य पनि प्रतितोलामा सात रुपैयाँले घटेर आठ सय २५ रुपैयाँ पुगेको छ ।