नेपाल विद्युत प्राधिकरणमा इडी नियुक्त गर्न अख्तियारको निर्देशन, निमित्तको भर संस्था नचल्ने

बिजमाण्डू
२०७१ साउन ८ गते ००:०० | Jul 24, 2014
नेपाल विद्युत प्राधिकरणमा इडी नियुक्त गर्न अख्तियारको निर्देशन, निमित्तको भर संस्था नचल्ने

काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणमा तुरन्त कार्यकारी निर्देशक (इडी) नियुक्त गर्न निर्देशन दिएको छ । विहिबार मुख्य सचिव लिलामणी पौडेललाई पत्र लेखि अख्तियारले तत्काल नियुक्ती प्रकृया अघी बढाउन निर्देशन दिएको हो ।
उर्जा उत्पादन, प्रशारण तथा बितरणको मुख्य जिम्मेवारी बहन गर्ने प्राधिकरण लामो समयसम्म नेतृत्वविहिन रहँदा मुलुककै आर्थिक विकाश र समृद्धीलाई असर पर्ने अख्तियारले उल्लेख गरेको छ । निमित्तको भरमा संस्थाले अपेक्षा गरे अनुरुप उपलब्धि हासिल गर्न नसक्ने अख्तियारको भनाइ छ । त्यसैले तत्काल नियुक्तीको अघि बढाउन निर्देशन दिएको अख्तियारले जनाएको छ ।
कार्यकारी निर्देशक अर्जुन कार्की कामु क्षेत्रिय प्रशासकमा नियुक्त भए पश्चात प्राधिकरणमा दुई महिना लेखि रामचन्द्र पाण्डे निमित्त छन् । उनले चिलिमे जलविद्युत कम्पनीमा स्थानियको माग विपरित प्रबन्ध सञ्चालकबाट कुलमान घिसिङ हटाउने लगायत विवादित निर्णय गरि सकेका छन् ।

Tata
GBIME
Nepal Life