टाटा मोटर्सले सुरु गर्यो जेष्टको बुकिङ, अगष्ट देखि सडकमा, नेपाल आउँदा मुल्य २० रुपैयाँ लाख माथि

बिजमाण्डू
२०७१ साउन ८ गते ००:०० | Jul 24, 2014
टाटा मोटर्सले सुरु गर्यो जेष्टको बुकिङ, अगष्ट देखि सडकमा, नेपाल आउँदा मुल्य २० रुपैयाँ लाख माथि

एजेन्सी । टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित कार जेष्ट सार्वजनिक गर्नु अघि बुकिङ सुरु गरेको छ । तत्काललाई भारतीय ग्राहकका लागि कार बुकिङ सुरु गरिएको हो ।

भारतमा सार्वजनिक भए पछि यो कार नेपाल ल्याइनेछ । आउँदो अगष्टमा कार सार्वजनिक गर्ने कम्पनीको तयारी छ । कम्पनीले बजारमा ल्याउनु एक महिना अघि बुकिङ खुला गरेको हो । प्रि बुकिङको रुपमा कम्पनीले ग्राहकसँग २१ हजार भारु लिइ रहेको छ । भारतीयले डेबिट या क्रेडिट कार्ड मार्फत रकम भुक्तानी गरेर कार बुकिङ गर्न सक्छन् ।
टाटाका अरु कार जस्तै जेष्ट पनि भारतमा डिजाइन र उत्पादन गरिएको हो । अहिले कम्पनीले कारको प्रबद्र्धनका लागि बिभिन्न सपिङ कम्लेक्समा कार्यक्रमहरु गर्दै आएको छ । यो कारको मुल्य इन्डिगो ईएस र माज्दाको बिचमा राख्ने कम्पनीले जनाएको छ । यस आधारमा भारतीय बजारमा कम्पनीको मुल्य साढे चार लाख देखि सात लाख भारु पर्नेछ । नेपालमा यो कारको मुल्य २० लाख देखि ३३ लाख रुपैयाँको बिचमा पर्नेछ ।

Tata
GBIME
Nepal Life