सामसुङ इलेक्ट्रोनिक्सका सिईओ युन नेपाल सहित सार्क भ्रमणमा, भविष्यको बजार र बढ्दो अवसर बुझ्दै

बिजमाण्डू
२०७१ साउन ८ गते ००:०० | Jul 24, 2014
सामसुङ इलेक्ट्रोनिक्सका सिईओ युन नेपाल सहित सार्क भ्रमणमा, भविष्यको बजार र बढ्दो अवसर बुझ्दै


काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बिके युन नेपाल भ्रमणमा बिहिबार आइ पुगेका छन् । युलने सामसुङको बजार विकासका अवसर बारे बुझ्न दक्षिण एसिया भ्रमण सुरु गरेका हुन् । नेपाल अघि उनले श्रीलंका र भारतको भ्रमण पुरा गरेका छन् ।

Tata
GBIME
Nepal Life

युन बिहिबार काठमाडौँ र ललितपुरका सामसुङ प्लाजामा पुगे । उनले दरबारमार्गमा भर्खरै नविकरण गरिएको एक्सक्लुसिभ सामसुङ प्लाजा उद्घाटन समेत गरेका छन् । युनको भ्रमण अवसर पारेर नेपालमा सामसुङका कभ्र्ड युएचडि र एलइडी टिभी पनि सार्वजनिक गरिएको नेपाल स्थित अधिकृत बिक्रेता गोलचा समुहको हिम इलेक्ट्रोनिक्सले जनाएको छ । 


हिम इलेक्ट्रोनिक्सले सन् २००१ देखि सामसुङका उत्पादन नेपालमा बिक्री सुरु गरेको हो । आफ्नै ब्रान्डेट सात आउटलेट र एक सय ९० डिलर मार्फत कम्पनीले सामसुङका उत्पादन नेपाली बजारमा प्रबद्र्धन गर्दै आएको छ । कम्पनीले १३ वटा ग्राहक सेवा केन्द्र पनि स्थापना गरेको छ । हिम इलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक शेखर गोल्छाले युनको भ्रमणबाट सामसुङले नेपाली बजारलाई पनि उच्च प्राथमिकतामा राखेको पुष्टि भएको बताए ।

सामसुङ फ्लाट प्यानल टिभी, स्मार्टफोन र मेमोरी चिप्समा विश्वकै अग्रणी कम्पनी हो । फ्लाट प्यानल टिभी सेटमा सामसुङको विश्वभर ३१ प्रतिशत बजार हिस्सा छ । नेपालमा पनि सामसुङ एक नम्बर कञ्जुमर ब्रान्ड रहेको हिम इलेक्ट्रोनिक्सको दाबी छ ।