कतार कर्पोरेट क्रिकेट बुधबारदेखि, कर्पोरेट हाउसहरुको सहभागिता, डाबर र र्‍याडिसनको सहप्रायोजन

बिजमाण्डू
२०७१ साउन ९ गते ००:०० | Jul 25, 2014
कतार कर्पोरेट क्रिकेट बुधबारदेखि, कर्पोरेट हाउसहरुको सहभागिता, डाबर र र्‍याडिसनको सहप्रायोजन


काठमाडौं । रेड चेरी स्पार्टस म्यानेजमेन्टको आयोजना र कतार एयरवेजको प्रायेजनमा कतार एयरवेज कर्पोरेट ईन्डोर एटस प्रतियोगिता आयोजना हुने भएको छ। आगामी बुधबार देखि राजधानीको गल्फुटार स्थित रोयल ईनडोर क्रिकेट हलमा सुरु हुने यो प्रतियोगिता शनिबारसम्म चल्ने छ।

Tata
GBIME
Nepal Life

नेपालमै पहिलो पटक ईनडोरमा खेलाईन लागिएको यो कर्पोरेट क्रिकेट प्रतियोगिता अरु सामान्य रुपमा खेलिने क्रिकेट भन्दा केही भिन्न भएको जानकारी दिइएको छ। यो खेलमा आठ खेलाडीहरु सहभागि हुन पाउने छन्। कर्पोरेट कल्चरमा आधारित भएर खेलाउनु पर्ने भएकाले यसमा अन्तराष्ट्रिय ईनडोर क्रिकेट मापदण्ड भन्दा नियमहरु सामान्य परिवर्तन हुने जानकारी पनि दिएको छ।

दुई समुहमा विभाजित १२ कर्पोरेट हाउसहरु सहभागि हुने यो खेल लिग र नकआउट दुबै तरिकाले खेलाईने छ। यो प्रतियोगितामा डाबर नेपाल र र्‍याडिसन होटलको सहप्रायोजन गर्नेछन भन म्याक्स मिडिया प्रवर्धनात्मक पार्टनर रहेको छ।

कर्पोरेट हाउसहरु कतार एयरवेज, र्‍याडिसन होटल, म्याक्स मिडिया प्रालि, एनसेल, सिभिल बैंक, जनता बैंक, एपेक्स डेभलपमेन्ट बैंक, यति होलिडेज, नेपाल स्पोर्टस जर्नालिष्ट फोरम, लास्ट डोर सोलुसन, र युनिसेफ प्रतियोगितामा सहभागि हुनेछन्।

कर्पोरेट कर्मचारीहरुको एकनासको जीवनचर्यामा उत्साहा थप्ने र क्रिकेट सम्बन्धि आफ्नो दक्षता देखाउन अवसर दिने उदेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। रेड चेरिले यो प्रतियोगिता मार्फत सबै कर्पोरेट हाउसहरुलाई एउटै मन्चमा ल्याई सम्बन्ध बिस्तार गर्ने आधार बनाउने कोसिस गरेको आयोजकको तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ।