भारतमा आयो होन्डाको नयाँ सिबी साइन मोटरसाइकल, नयाँ ग्राफिक्स सहित दुई रङमा उपलब्ध

बिजमाण्डू
२०७१ साउन ९ गते ००:०० | Jul 25, 2014

होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले भारतमा नयाँ साइन मोटरसाइकल सार्वजनिक गरेको छ । एक सय २५ सिसिको सिबी साइनको शोरुम मुल्य ५१ हजार तीन सय ८३ भारु तोकिएको छ । यो मोटरसाइकल विषेश ग्राफिक्स सहित नयाँ दुई रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
साइन नेपालमा पनि धेरै रुचाइएको मोटरसाइकल हो । ज्योती समुहको स्याकार कम्पनीले यो मोटरसाइकल नेपालमा बिक्री गर्दै आएको छ । नेपाली बजारमा यसको मुल्य एक लाख ८३ हजार रुपैयाँ पर्छ । भारतमा सार्वजनिक भएको नयाँ सिबी साइन पनि नेपालमा आइपुग्दा यहि हाराहारी पर्ने अपेक्षा गरिएको छ ।
ग्राहकको बदलिँदो रुचीका आधारमा आफ्नो लोकप्रिय ब्राण्ड साइनको मोडल परिवर्तन गरेको कम्पनीको भनाइ छ । नयाँ सिबी साइन किक ड्रम स्पोक, सेल्फ ड्रम र सेल्फ डिस्क गरि तीन संस्करणमा उपलब्ध छ । सन् २००६ मा पहिलो पटक बजारमा आएको अहिले सम्ममा ३० लाख थान भन्दा बढि बिक्री भइ सकेको कम्पनीले जनाएको छ । एक सय २५ सिसि क्षमतामा ३० लाख बिक्री नाघ्ने यो पहिलो मोटरसाइकल रहेको पनि दाबी गरिएको छ ।

Tata
GBIME
Nepal Life