नबिल ब्यालेन्स्ड फण्डको प्रतिइकाइ खुद सम्पती मूल्य १८.५७ पुग्यो, आम्दानी २७ प्रतिशतले बढ्यो

बिजमाण्डू
२०७१ साउन ९ गते ००:०० | Jul 25, 2014
काठमाडौं। नबिल ब्यालेन्स्ड फण्डको प्रतिइकाई खुद सम्पती मूल्य १६.७४ रुपैयाँबाट बढेर असारमा १८.५७ रुपैयाँ पुगेको छ । निष्कासनको समयमा कम्पनीको प्रतिइकाइमा १० रुपैयाँको दरले लगानी गरेकाको प्रतिइकाइको मूल्य ८५ प्रतिशत धेरैले बढेको छ । कम्पनीको आम्दानीमा वृद्धि भएपछि प्रति इकाइ खुद सम्पतीको मूल्य बढेको हो । 
नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापन रहेको यो योजनाको आम्दानी जेठको तुलनामा २७ प्रतिशतले बढेको हो । योजनाले ६६ करोड तीन लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गरेको कुल अम्दानीमा सेयर बिक्रीबाट मात्रै करिब १६ प्रतिशत लाभ भएको छ । त्यस्तै, कम्पनीले प्राप्त नभइसकेको आम्दानी ५२ करोड छ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ । कम्पनीको ये अवधिमा ५१ कम्पनीमा सेयर लगानी रहेको छ । नियमित र सुरक्षित आम्दानीको स्रोतको रुपमा योजनाको रकम मध्ये १३ करोड रुपैयाँ बैंकमा निक्षेपको रुपमा ,११ करोड ४४ लाख ऋणपत्रमा लगानी गरिएको छ । कम्पनीले लाभांशबाट एक करोड १५ लाख र व्याजबाट दुई करोड २१ लाख रुपैयाँ कमाएको छ ।  
योजनाको रकमबाट सूचीकृत सेयरमा मात्रै एक अर्ब तीन करोड पाँच लाख रुपैयाँ लगानी भएको छ । कम्पनीको खर्च भने तीन करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद सम्पती १० प्रतिशतले बढेर एक अर्ब ३९ करोड पुगेको छ ।   
 

Tata
GBIME
Nepal Life