कोरियामा काम गरेर फर्केकालाई पुनः जान सात भदौमा परीक्षा, उमेर १८ पुगि ३९ बर्ष नकटेको हुनु पर्ने

बिजमाण्डू
२०७१ साउन ९ गते ००:०० | Jul 25, 2014
कोरियामा काम गरेर फर्केकालाई पुनः जान सात भदौमा परीक्षा, उमेर १८ पुगि ३९ बर्ष नकटेको हुनु पर्ने

काठमाडौं । दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः जाने मौका दिन सात भदौमा परिक्षा सञ्चालन हुने भएको छ । कम्तीमा तीन बर्ष काम गरि फर्केका तथा १८ बर्ष उमेर पुरा भइ ३९ बर्ष नकटेकाहरु परिक्षामा सामेल हुन पाउनेछन् ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले १८ देखि २० साउनमा फर्म भर्ने, ३० साउनमा परिक्षा तालिका घोषणा, सात भदौमा परिक्षा र २७ असोजलाई नतिजा प्रकाशन मिति तोकेको हो । परिक्षार्थीले ह्युमन रिसोर्स डेभलपमेन्ट सर्भिस (एचआरडी) अफ कोरियाले सञ्चालन गर्ने छैटौं कम्युटरमा आधारित परिक्षा (सिविटी)मा सामेल हुनु पर्नेछ ।
उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामुलक क्षेत्रमा काम गर्न फारम भर्न पाइनेछ । कोरियमामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेन नपरेको, नेपालबाट विदेश जान रोक नलगाएका लगायत योग्यता पनि तोकिएको छ । कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड त्यहाँको अध्यागमनमा बुझाएको तथा सिबिटी को लागि योग्य भइ एचआरडी कोरियाबाट नाम प्राप्त भएको समेत हुनु पर्ने जनाइएको छ ।
परिक्षा दुई सय पुर्णाङ्कको हुनेछ । त्यसमा सय÷सय पुर्णाङ्कका कोरिया भाषा सम्बन्धि सुनाइ र पढाइ सामेल छन् । दुबैमा पास माक्र्स २५÷२५ राखिएको छ । परिक्षा शुल्क २४ अमेरिकी डलर लाग्ने जनाइएको छ ।  

Tata
GBIME
Nepal Life