सिभिक डेभलपमेन्टको एक करोड ५३ लाख सञ्चालन नाफा, साउन अन्तिममा हकप्रद सेयर आउने

बिजमाण्डू
२०७१ साउन ९ गते ००:०० | Jul 25, 2014

काठमाडौं। सिभिक डेभपलमेन्ट बैंकले आर्थिक वर्ष २०७०/७१मा एक करोड ५३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। धादिङमा मुख्य कार्यालय रहेको यो बैंकले गत आर्थिक वर्षसम्म ४० करोड ५२ लाख निक्षेप संकलन र ३२ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिइएको छ।

यो बैंकले चुक्तापूँजी बृद्धिका लागि हकप्रद सेयर जानी गर्न लागेको छ। बैंकले चार बराबर एकको अनुपातमा हकप्रद जारी गर्न लागेको हो। हाल चार करोड रहेको बैंकको चुक्तापूँजी हकप्रद निश्कासन पछि पाँच करोड रुपैयाँ पुग्नेछ। यही साउन २७ देखि ३० गतेसम्म हकप्रद सेयर खरिदका लागि बैंक आवेदन सेयर धनीले आवेदन दिन सक्नेछन्।

Tata
GBIME
Nepal Life

धादिङबेसीमा केन्द्रीय कार्यालय र बैरनी तथा आरुघाटमा बैंकले शाखा कार्यालय संचालन गरेको छ। यसको अतिरिक्त सल्यानटार, आदमघाट र धादिङबेसीको पुच्छार बजारमा एक्सटेन्सन् काउण्टर संचालनमा छन् भने बैरेनीको गल्छीमा सीमित बैंकिङ इकाई संचालनमा आईसकेको बैंकले जारी गरेको विज्ञप्तिमा छ। त्यसैगरी सांध भन्ज्याङ्ग, टोडके, खहरे, बैरनी, आदमघाट र धादिङ्गबेसीमा लघुवित्त कार्यक्रम संचालन गरिएको छ ।