सातामा साढे चार अर्बकाे सेयर किनबेच, कारोबार ४० प्रतिशत वृद्धि, तीन कम्पनीकै २२ प्रतिसत

बिजमाण्डू
२०७१ साउन ९ गते ००:०० | Jul 25, 2014
काठमाडौं। यस साता नेप्से ३३ अंकले बढेर १०७९ बिन्दुमा आइपुगेको छ । नेप्से यसै अवधिमा दुई पटक १०८० माथी पुगेपनि त्यहा अडिन सफल भएन । यसअघिको १०६४ को उच्च प्रतिरोध पार गरेको नेप्से परिसूचकको वृद्धिदर थामिएको छ । बजार उच्च अंकले बढेपछि लगानीकर्ताहरु प्रतिफल सुरक्षित गर्ने क्रममा छन । विहीवार बजार बढ्ने तरखरमा देखिएकोले आइतवार बजारमा सुधार देखिन सक्ने बिश्लेषकहरु बताउछन । बार्षिक वित्तीय विवरणहरु प्रकासित हुने क्रम चलेकोले यसले पनि बजारको दिशा निर्धारण गर्ने उनीहरु बताउछन । 
केही समय अघि नेप्सेले बीटीमा रहेको सेयर साउन मसान्त भित्र नामसारी गराउन दिएको निर्देशनको कारण पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको ब्रोकर कम्पनीहरु बताउछन । तर नेप्सेले त्यो निर्देशन खारेज भएको र नया निर्देशन आउने संकेत गरेको छ । बजारको लागि अप्रिय हुने निर्णय नगरिने नेप्सेले संकेत गरेको छ । 
यस साता बजारमा चार अर्ब ४८ करोड रुपैयाँको कारोबार भयो । यो अघिल्लो साताको तुलनामा ४०.६७ प्रतिशत बढि हो । कुल कारोबारमा रकमको आधारमा धेरै कारोबार भएका तनि कम्पनीको मात्रै २२ प्रतिशत हिस्सा रहेको छ । साताभरमा चार अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । 
नेपाल बैंकको सबैभन्दा धेरै ५७ करोड ६९ लाख, चिलिमे जलविद्युत्को २५ करोड ८८ लाख, कुमारी बैंकको १६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भयो । नेपाल बैंकको वित्तीय अवस्थामा सुधार भइरहेको र सञ्चित नोक्सानी घटेको खबरले कारोबार बढिरहेको छ । बैंकको सबैभन्दा धेरै ११ लाख ८८ हजार कित्ता सेयर किनबेच भयो । त्यस्तै कुमारी बैंकको मर्जर, लाभांशका हल्लाहर आएपछि र सेयर मूलय पनि अन्य वाणिज्य बैंकके तुलनामा कम रहेपछि कारोबार बढ्न थालेको छ । चिलिमे जलविद्युत् कम्पनीमा देखिएको प्रबन्ध निर्देशकको विवादले आयोजनाहरु नै बन्द भएपछि बजारमा यसको प्रभाव देखिएको हो । 
बिकास बैंक र बैंकङ समूहको परिसूचक बढ्यो भने बीमा र जलविद्युत्को घट्यो । बिकास बैंक ७८ अंकले र बैंक ३८ अंकले बढ्यो । बीमा समह आठ अंक र जलविद्युत् समूह ७४ अंकले घट्यो । 
 
 
 

Tata
GBIME
Nepal Life