ग्लोबल आईएमई बैंक पनि अब बिलेनियर क्लबमा, पहिलो पटक खुद नाफा एक अर्ब रुपैयाँ नाघ्यो

बिजमाण्डू
२०७१ साउन १० गते ००:०० | Jul 26, 2014
ग्लोबल आईएमई बैंक पनि अब बिलेनियर क्लबमा, पहिलो पटक खुद नाफा एक अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेड पनि एक वर्षमा अर्ब नाफा कमाउने बैंक बनेको छ। आर्थिक बर्ष २०७०/७१मा यो बैंकले एक अर्ब ७४ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढी हो। गत वर्ष ग्लोबल आईएमईले ४४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो।

यो बैंकले खुद व्याज आम्दानी करिब ३८ करोड रुपैयाँ (२७ प्रतिशत) बढाएको छ। बैंकले सञ्चालन नाफा पनि ७३ प्रतिशत
 बढाएको छ। यही कारण खुद नाफामा बृद्धि भएको हो। सञ्चालन नाफा ४३ करोड बढेको हो। बैंकको चुक्तापूँजीमा भएको वृद्धिको तुलनमा नाफामा पनि वृद्धि देखिएको छ । अघिल्लो आवमा चुक्तापूँजीको १६ प्रतिशत बराबर नाफा रहेको थियो भने गत आवमा यस्तो अनुपात २४ प्रतिशत रहेको थियो । बैंकको मुनाफा मार्जिन र सञ्चालन मुनाफा मार्जिन पनि बढको छ ।
बैंकको ४१ करोड नौं लाख रुपैयाँ राइट ब्याक भएको छ । बैंकले ३३ करोड १९ करोड रुपैयाँ नै सम्भावित जोखम वापतको व्यवस्थामा रकम व्यवस्था गरेको छ ।  

Tata
GBIME
Nepal Life

गत बर्ष ग्लोबल आईएमई र कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज भएका थिए। यो मर्ज पछि ग्लोबल आईएमईको पूँजी, निक्षेप तथा सञ्जाल निकै बढेको हो। बैंकको रिजर्भमा दुई अर्ब २१ करोड रुपैयाँ छ। मर्जपछि यो बैंकको चुक्तापूँजी चार अर्ब १० करोड पुगेको छ। बैंकको चुक्तापूँजी ४७ प्रतिशतले बढेको छ भने सञ्चित तथा जगेडा कोष पनि करिब पाँच गुणाले बढेको छ । बैंकको फि, कमिसनबाट भएको आम्दानी, अन्य आम्दानी र बैदेशिक मुद्राको विनिमयबाट भएको आम्दानी क्रमशः २३ प्रतिशत, २१ प्रतिशत र ८९ प्रतिशतले बढेको छ । 

बैंकको खराव कर्जाको मात्रा २.३७ प्रतिसत छ। त्यस्तै स्प्रेड ५.३४ प्रतिसत र बेस रेट ७.९२ प्रतिसत छ। बेस रेट र स्प्रेड दर गत वर्षको तुलनामा घटेको छ। निक्षेप र कर्जा लगानीमा भने बृद्धि भएको छ। बैंकमा असार मसान्तसम्म ५२ अर्ब २९ करोड निक्षेप छ भने ४३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। बैंकको पूँजीको कोष पर्याप्तता अनुपात १३.१३ प्रतिशत, प्रतिसेयर आम्दानी २४.४१, मूल्य आम्दानी अनुपात २८, प्रतिसेयर नेटवर्थ एक सय ५३ रुपैयाँ रहेको छ । बैंकको सेयरमा बार्षिक प्रतिफल १५.९३ रहेको छ ।