मध्यम वर्गीय ग्राहक लक्षित सामसुङका दुई नयाँ मोवाइल सेट, मुल्य दुई हजार ३९० र तीन हजार १९०

बिजमाण्डू
२०७१ साउन १० गते ००:०० | Jul 26, 2014

काठमाण्डौं । नेपालको लागि सामससङ मोबाइलको अधिकृत विक्रेता आइएमएसले दुई नयाँ माेडलका सेट बजारमा ल्याएको छ । मध्यम वर्गीय ग्राहक लक्षित ब्रायो र पिटोन अरु सेट भन्दा सस्तो पर्ने कम्पनीको दाबी छ ।

दुवै फोनमा दुईवटा सिम लाग्छन् । ब्रायोमा दुई इन्च स्क्रिन, एफएम रेडियो, म्युजिकप्लेयर र डिजीटल क्यामेरा लगायत विषेशता छन् ।
एक हजार वटा सम्म सम्पर्क नम्बर अटाउने पिटोनमा एक सय वटा एसएमएस, एफएम रेडियो र ३.५ एमएम इयरफोन लाग्ने ज्याक लगायत सुविधा पाइने जनाइएको छ ।
नेपाली बजारमा ब्रायोको मूल्य तीन हजार एक सय ९० र पिटोन दुई हजार तीन सय ९० रुपैयाँमा मा पाइने जनाइएको छ ।

Tata
GBIME
Nepal Life