बिक्यु मोबाइल अब किटक्याट अपरेटिङ सिस्टममा, एनरोइडकाे भर्सन किटक्याटमा बदल्न सक्ने

बिजमाण्डू
२०७१ साउन ११ गते ००:०० | Jul 27, 2014
बिक्यु मोबाइल अब किटक्याट अपरेटिङ सिस्टममा, एनरोइडकाे भर्सन किटक्याटमा बदल्न सक्ने

काठमाडौं। होराइजन इन्टरप्राइजेजले किटक्याट अपरेटिङ सिस्टममा चल्ने बि क्यु मोबाइलको एस ३७ मोडल बजारमा ल्याएको छ। बेला इन्टरनेशनलले बजारमा बिक्रीबितरण गर्ने बि क्यु मोबाइलका मोडलहरु मध्ये स्मार्टफोन एस ३७ यस अघि एन्ड्रोइड्र जेलिबिन अपरेटिङ सिस्टममा चल्ने गरेको थियो।  

नेपालका मोबाइल उपभोक्तालाई ध्यान दिएर किटक्याट अपरेटिङ सिस्टममा परिबर्तन गरि बजारमा ल्याइएको कम्पनीले जनाएको छ। हङकङ, भारत, अफ्रिका र नेपालबाट आफ्नो बिक्री सुरु गरेको बि क्युले किटक्याट भर्सन ल्याएको हो। कम्पनीले छोटो समयमै पाँच हजार भन्दा बढि एस ३७ मोडलको सस्तो थ्रिजी स्मार्ट फोन बिक्री गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक बिशाल आचार्यले जानकारी दिए।

Tata
GBIME
Nepal Life

गुगल एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम किटक्याटमा रमाउन चाहने नेपाली उपभोक्तामाझ लोकप्रिय हुने दाबी आचार्यको छ। यस अघि बिक्युको एस ३७ खरिद गरेको उपभोक्तालाई कम्पनीले निशुल्क अपरेटिङ सिस्टम किटक्याट राखिदिने भएको छ। एन्ड्रोइड अपरेटिङ सिस्टमको पछिल्लो भर्सन किटक्याट हो ।
नेपालमा उपलब्ध किटक्याट अपरेटिङ सिस्टम भएका थ्रिजी स्मार्ट  फोनहरुमा बिक्युको एस ३७ सबैभन्दा सस्तो भएको कम्पनीको दाबी छ। चालु  आर्थिक बर्षमा ३० हजार भन्दा बढि एस ३७ मोडलको स्मार्टफोन बिक्रि गर्ने लक्ष कम्पनीले राखेको यो सेटको मुल्य छ हजार आठ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।