बजारमा सुधार भएन, नेप्से पाँच अंकले घट्यो, १६ वटा ब्रोकर आउट हुँदा कारोबार रकममा पनि प्रभाव

बिजमाण्डू
२०७१ साउन ११ गते ००:०० | Jul 27, 2014
बजारमा सुधार भएन, नेप्से पाँच अंकले घट्यो, १६ वटा ब्रोकर आउट हुँदा कारोबार रकममा पनि प्रभाव
काठमाडौं। साताको पहिलो दिन नेप्से परिसूचक पाँच अंकले घटेको छ । कारोबारबाट १६ ब्रोकर कम्पनी आउट हुँदा यस दिन कारोबार रकम पनि घट्यो । यस दिन ५६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । 
कारोबारमा आएका मध्ये बिकास बैंक र वित्त कम्पनी बाहेक सबै समूहको परिसूचक घटेको छ । एक सय ४४ कम्पनीको सेयर कारोबार ४० वटा कम्पनीको मूल्य घट्यो । 
बिकास बैंक र वीत्त समूहका कम्पनीहरुको मूल्यमा सुधार भएको छ । सिनर्जी फाइनान्स, सिन्धु बिकास बैंक,मेट्रो बिकास बैंक, गुहेश्वरी फाइनन्स, टुरिज्म डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, प्रिमियर फाइनान्स, नेपाल फाइनान्स, झिम्मरुक बिकास, प्रोफेशनल दियालो लगायतको सेयर मूल्य नौं देखि १० प्रतिशतले बढेको छ ।  
एक सय २४ प्रतिशतले नाफा बढेको वित्तिय विवरण शनिवार प्रकासित गरेको ग्लोबल आइएमइ बैंकको सेयर मूल्य भने बढ्न सकेन । बैंकको सेयर मूल्य १२ रुपैयाँले घटेर सात सय १३ रुपैयाँ पुगेको छ । तर बैंकको कारोबार भने बढ्यो । बैंकको एक करोड ६३ लाख रुपैयाँको कारोबार भयो । यो कारोबार रकमको आधारमा तेस्रो हो । 
नेपाल बैंक, चिलिमे जलविद्युत् र एनसीसी बैंकको पनि कारोबार रकम उल्लेख्य बढेको छ । नेपाल बैंकको नौं करोड ७८ लाख रुपैयाँ, चिलिमेको पाँच करोड ३६ लाख र एनसीसीको दुई करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । 
कारोबार अवधिमा केही पटक नेप्से अघिल्लो दिनभन्दा माथी जान सफल भएपनि दिगो हुन सकेन । बीमा, होटेल र जलविद्युत् समूहको परिसूचक दोहोरो अंकले घटेको छ । १३ लाख १२ हजार कित्ता सेयर कारेबार भए । 
 
   
 
   
 

Tata
GBIME
Nepal Life