एनएमबि बैंकको कुवेतबाट पनि सुलभ रेमिट सेवा, जोयलुकास एक्सचेञ्जसँग रेमिट्यासका लागि साझेदारी

बिजमाण्डू
२०७१ साउन ११ गते ००:०० | Jul 27, 2014
एनएमबि बैंकको कुवेतबाट पनि सुलभ रेमिट सेवा, जोयलुकास एक्सचेञ्जसँग रेमिट्यासका लागि साझेदारी


काठमाडौं । एनएमबि बैंकले कुवेतस्थित जोयलुकास एक्सचेन्जसंग रेमिटेन्स सम्झौता गरेको छ । यो सम्झौताबाट कुवेतमा काम गर्ने नेपाली कामदारले एनएमबि बैंकको  रेमिटेन्स सेवा सुलभ रेमिट मार्फत सजिलै पैसा पठाउन पाउने बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र जोयलुकास समूहका अध्यक्ष जोय भर्गिच ओलुकसबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जोयलुकास समुह चिर परिचीत समूह हो यसको विश्व प्रख्यात गहना सम्बन्धि ब्रान्ड छ । जोयलुकास एक्सचेन्ज अन्तराष्टिय स्तरको गुणस्तरिय रेमिन्टेस सेवा दिदै आएको समूह हो ।
एनएमबि बैंक सुलभ रेमिट मार्फत कुवेत स्थित नेपाली कामदारहरुले आफ्नो आफन्तलाई घर नजिकको पायक पर्ने ठाउँमा वा सिधै आफ्नो आफन्त, परिवारको खातामा पैसा जम्मा गर्न पाउने बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।
जोयलुकास एक्सचेन्ज कुवेतको सबै आठ शाखाबाट सुलभ रेमिट मार्फत नेपालमा रेमिटेन्स पठाउन सकिने बैंकले जनाएको छ । हाल सुलभ रेमिटले अन्तराष्ट्रिय स्तरमा  युएई, कोरिया, मलेशिया लगायतका मुलुकहरुबाट सेवा दिदै आएको छ भने आगामि दिनमा अन्य राष्ट्रहरुमा समेत आफ्नो गुणस्तरिय सेवा उपलब्ध गराउने योजना राखेको छ ।
बैंकको गा्रहक केन्द्रित गुणस्तरिय सेवा र आफ्ना प्रिय गा्रहकहरुको मध्यमले रेमिन्टेस व्यापारमा वृद्धि हुने अपेक्षा राखेको छ । सुलभ रेमिटको संजाल नेपालभरिनै दुई हजारभन्दा बढी स्थानमा उपल्ब्ध छ भने एनएमबि बैंकको २९ शाखा ३२ एटिमको सेवाले नेपाल भरि सेवा दिदै आएको छ ।

Tata
GBIME
Nepal Life