ग्यालेक्सी ग्य्राण्डु टु थप दुई रंगमा बजारमा उपलब्ध, अधिकतम बजार मुल्य ३० हजार नौं सय रुपैयाँ

बिजमाण्डू
२०७१ साउन ११ गते ००:०० | Jul 27, 2014

काठमाडौं । सामसुङको ग्यालेक्सी ग्य्राण्ड टु थप दुई रंगमा बजारमा उपलब्ध गराइएको छ। सामसुङको नेपालका लागि आधिकृत वितरक इन्टरनेशनल मार्केटिङ सर्भिसेज् (आइएमएस) प्रालिले थप दुई रंङका सेट बजारमा ल्याएको हो ।
आइएमएसले दिएको जानकारी अनुसार ग्य्राण्ड टुको इलेक्ट्रिक ब्ल्यु र गोल्ड कलरका सेट बजारमा ल्याइएको हो । यो सेट मध्यम स्तरका ग्राहकमा निकै चर्चित छ । दुई वटा सिम प्रयोग हुने यो सेटमा १.२ गिगाहर्ज प्रोसेसर छ । एन्ड्रोइड जेली विन अपेटिङ सिस्टमको यो सेटमा १.५ जिबी र्‍याम छ । आठ जिबी आन्तरिक मेमोरी भएको यो सेटमा आठ मेगापिक्सेलको क्यामेरा र अगाडीको क्यामेरा १.९ मेगापिक्सेलको छ ।
कम्पनीले दिएको जानकारी अनुसार यो सेटको अधिकतम बजार मुल्य ३० हजार नौं सय रुपैयाँ छ ।

Tata
GBIME
Nepal Life